Rashtriya Dainik

नेकपा (एकीकृत समाजवादी) खप्तडछान्न्ना गाउँपालिकाे गाउँ कमिटीको गठन

दोरेन्द्र खड्का / बझाङ
बझाङ । नेकपा (एकीकृत समाजवादी) खप्तडछान्न्ना गाउँपालिकाे गाउँ कमिटीको गठन गरिएकाे छ। साेमबार सम्पन्न अधिवेशनले राम गिरिकाे अध्यक्षतामा ६३ सदस्यीय गाउ कमिटी गठन गरेको हाे ।
कमिटीकाे उपाध्यक्षमा कुम्भ रोकाया र राजेन्द्र भण्डारी , चयन भएका छन् भने सचिवमा सुनिल रोकाया र उप-सचिवमा मनिश रावल, बिनोद थापा र धनलक्ष्मी रोकाया चयन भएका छन्।
जिल्ला कमिटी सदस्य गोविन्द सिंहको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय पाेलिटव्याेराे सदस्य भानुभक्त जोशी रहनुभएकाे थियाे, यसैगरि विशिष्ठ अतिथिमा केन्द्रिय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज दिल ब सिंह, सह इन्चार्ज बिरेन्द्र भण्डारी रहनु भएकाे थियाे ।, तेस्तै अथिती मा जिल्ला कमिटि अध्यक्ष इन्द्र ब भण्डारी ,उप अध्यक्ष धन बहादुर बोहरा , कलक धामी , सचिव लक्ष्मी राज जोशी रहनु भएकाे थियाे। नेकपा एसले बझाङजिल्लामा वडास्तरमा अधिबेशन सम्पन्न गरि पालिका अधिवेशन पनि अन्तिम चरणा पुगेकाे जिल्ला कमिटि सचिब लक्ष्मी राज जोशीले बताउनु भयाे । खप्तड्छन्न्ना गाउपालिका मा कमिटी गठन गरेसङ्गै नेकपा एसले जिल्ला भरिका १२वटा पालिकामध्ये ११ वटा पालिकामा अधिबेशन सम्पन्न गरि सकेकाे रभाेलि थलारा गाउपालिकामा अधिवेशन राखिएकाे समेत उनले वताउनुभयाे।
यस्तै, खप्तड्छन्नना गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी २५ नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। खप्तड्छन्नना गाउँपालिका गाउँ कमिटीले आज राखेको पालिकास्तरीय अधिवेशन कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित