उमेश बि.क / काठमाडौं , २६ मंसिर
नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा लुम्बिनी प्रदेशबाट देबेन्द्रराज कण्डेलले मनोनयन पत्र दर्ता गराएका छन् ।
शनिबार प्रस्तावक र समर्थकसहित राष्ट्रिय सभा गृहमा कण्डेलले मनोनयन दर्ता गराएका हुन् ।
कण्डेलले शेरबहादुर देउवाको टिमबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

केन्द्रीय सदस्यकाे दावेदार रहेका कण्डेलले पार्टी र यसका भातृ संगठनहरूलाई चलायमान गराई नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो, प्रभावशाली, जनआकांक्षालाई सम्बोधन गर्दै राज्य सञ्चालन गर्न समर्थ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
उनले सबल, चलायमान, परिणाममुखी, राज्य सञ्चालन गर्न समर्थ, जनआकांक्षा सम्बोधन गर्न सक्षम तथा समस्त नेपालीको भविष्य सुरक्षित र सुनिश्चित भएको हेर्ने चाहना राख्ने सबै कायकर्ताको सहयोग र समर्थन पाउने अपेक्षा राखेका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेताहरु मध्ये कण्डेलको नामपनि शिर्षस्थानमा मानिन्छ । बोनस लाईफमा बाँचीरह्नु भएका नेता कँण्डेल बहुदलीय ब्यवस्था स्थापनाका लागि विद्यार्थी जीवनबाटै संघर्ष गर्नु भएको छ ।
राजनीतिमा नै जीवन समर्पण गर्नु भएका नेता कँण्डेलको जीवन संघर्षपूर्ण छ । गाउँदेखि केन्द्रसम्म राम्रो पकड बनाउनुभएका कण्डले यतिबेला नेपाली काँग्रेसकाे १४ औं महाधिवेशनमा पुनः केन्द्रीय सदस्यमा भिडिरहनुभएकाे छ।

पुर्व गृहराज्यमन्त्री तथा पार्टीमा प्रभावशाली नेता एवंम् कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका कँण्डेल आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रुपान्तरण गर्न सभापति शेरबहादुर देउवा समूहबाटै आफूले पुनः उम्मेदवारी दिइएको बताउनुभएको हाे।

कण्डेलले द्धन्द्धकालमा गृह राज्य मन्त्रीको भुमीकामा रहदा सरकारको तर्फबाट तत्कालीन अवस्थामा माओबादीका शिर्ष नेताहरुको टाउकोको मोल तोकेर राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा कण्डेल एकाएक चर्चामा आउनुभएको थियो ।
सोही काम गरेर चर्चामा आउनुभएका कण्डेललाई सोही बखत द्धन्द्ध कालमा तत्कालीन माओबादीबाट १७ राउण्ड गोली प्रहार भई आक्रमणको प्रयास भएको थियो । यद्यपी मृत्युलाई समेत जितेर कण्डेल भाग्यले बाच्न सफल हुनुभयो । यद्यपी कण्डेललाई त्यो बेला लागेको गोलीहरु मध्ये एउटा गोलीअझै पनि कण्डेलको छातीमा छ ।
नेता कण्डेलको पृष्ठभुमी
वि.सं २०१३ चैत्र १४ गते बुवा पृथ्वीराज कँण्डेल र आमा धनदेवी कँण्डेलको कोखबाट जन्मीनु भएका नेता कण्डेलको जीवनपनि संंंघर्षपूर्ण छ । अहिलेसम्मको आफ्नो पूर्ण राजनीतिमै बिताउनु भएका नेता कण्डेल विद्यार्थी जीवनमा पढाईसँगै खेलमा अब्बल हुनुहुन्थ्यो । शैक्षिक योग्यताको हिसाबले उँहा स्नातक तह उत्र्तिण हुनुहुन्छ भने विगतम अन्तराष्ट्रिय हकी खेलाडी भएर पनि नेपाल र भारतको समेत खेल जगतमा योगदान दिनुभएको छ । तर कण्डेलकी हजुरमुवा साथै बुवा पृथ्वीराज कँण्डेलको राजनीतिक जीवनबाट अत्यन्त प्रभावित नेता देवेन्द्र पढाई र खेललाई विद्यार्थी जीवनमै बिट मार्नुभयो । उँहाको बुवा पृथ्वीराज नेपालको पहिलो जन निर्वाचन २०१५ मा सांसद समेत रह्नु भएको थियो भने उहांको हजुरमुवा पनि पुर्व सांसद हुनुहुन्थ्यो । नेपालको पहिलो जननिर्वा्चित प्रधानमन्त्री र नेपालको २२ औं प्रधानमन्त्रीको रुपमा रह्नु भएको विश्वेश्वर प्रसाद कोईरालाको सरकारमा उँहाको बुवा पृथ्बीराज कण्डेलले महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो । तर नेता देवेन्द्रराज कण्डेलले भने औपचारिक राजनीति २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि अन्यन्तै सक्रियताका साथ बहुदलको पक्षमा प्रचारप्रसार अभियानमा लागेर सुरु गर्नु भएको हो । तत्पश्चात नेपाल विद्यार्थी संघमा लागेर नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएका कण्डेल बहुदलीय ब्यवस्थामा साविक बडहरा दुबौलिया गाविसमा दुईपटक अध्यक्षमा समेत भारी मतले बिजयी हुनु भएको थियो ।

केन्द्रीय राजनीतिमा नेता कँडेल
साविक बडहरा दुबौलिया गाविसमा दुईपटक भारी मतले अध्यक्षमा निर्वा्चित भएपछि सो क्षेत्रका जनतामा नेता कण्डेल अत्यन्तै लोकप्रीय बन्नु भएको थियो । त्यही लोकप्रियताका कारणपनि उँहालाई त्यस क्षेत्रका जनताहरुले राष्ट्रिय राजनीतिमा पु¥याउनका लागि भारी मतले दुईपटक बिजयी गराएका थिए । २०५१ सालको सांसदीय निर्वाचनमा नेता कँण्डेल त्यतीबेला निर्वाचन क्षेत्र नं.४ बाट उमेदवारी दिई बिजयी बन्नु भएको थियो । त्यति बेला उँहा (नेपाली कांग्रेस) ले १९ हजार ५ सय १० मत प्राप्त गर्नु भएको थियो भने उँहाका प्रतिद्धन्द्धी नेपाल सद्भावना पार्टीका दुर्गा प्रसाद चौधरीले १४ हजार ७७ मत प्राप्त गर्नु भएको थियो । यस्तै २०५६ मा भएको सांसदीय निर्वाचनमा सोही क्षेत्रबाट उँहाले १८ हजार ६ सय ७१ मत प्राप्त गरेर विजयी हुनु भएको थियो भने उँहाका प्रतिद्धन्द्धी दुर्गा प्रसाद चौधरीले १६ हजार ९ सय १५ मत प्राप्त गर्नु भएको थियो । दुईवटै निर्वाचनबाट बिजयी भएर उँहाले गृह मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी संभाल्नु भएको थियो । तत्कालीन गिरिजा प्रसाद कोईरालाको सरकारमा उँहाले संसदमा सचेतकको भुमिका समेत निर्वाह गर्नु भएको थियो । यद्धपी उक्त समय देशमा माओबादी केन्द्रको ससत्रद्धन्द्ध काल चरम सिमा नाघेको थियो । शुरक्षाको दृष्टिकोणले अत्यन्तै मह्त्वपूर्ण रहेको गृहमन्त्रालयमा जिम्मेवारी संभाल्न त्यतीबेला त्यत्तिकै चुनौतीपूर्ण पनि थियो । नेता कण्डेलकै शब्दमा त्यतीबेला कुनै नेताले गृहको जिम्मा संभाल्न नमानेको बताईएको छ । तर त्यो कठिन परिस्थितिमा दुई दुई पटक सम्म गृहमा राज्य मन्त्रीको जिम्मा कँण्डेलले संभाल्नु भएको थियो । ससत्रद्धन्द्ध कालमा शान्ति शुरक्षा कायम गर्नका लागि उँहाले चालेको केही कदम र बोलेको बचनले गम्भीर आक्रमणको सामना समेत गर्नुपर्यो । वि.सं २०६० भाद्र १२ गते माठमांडौमा उँहा माथी १७ राउन्ड गोली प्रहार भएको थियो । जसमध्ये ७ वटा गोली उँहालाई सरीरको विभिन्न भागमा लागेको थियो । एउटा गोली अझै उँहाको छातीमै रहेको छ ।
२०६० पछिको यात्रा

अहिले बोनस लाईफ बाँचीरह्नु भएका नेता कँण्डेलको २०६० पछिको जीवनमा निकै उतारचढाव भएको छ । २०६० पछि उँहाले १ वर्षको जीवन निर्वाशन जीवन बिताउन पर्याे । तर २०६२÷६३ को आन्दोलनमा उँहालाई पार्टीले कांग्रेसको तर्फबाट अग्रणी भुमिका निर्वाह गर्न जिम्मा दियो । उँहाले लुम्बिनि अञ्चलको कमाण्डर बनेर त्यती बेला कांग्रेसको तर्फबाट कमाण्डर भएर नेतृत्व गर्नु भएको थियो । प्रजातन्त्रलाई पुर्नस्थापना गर्नकालागि भएको उक्त आन्दोलनमा पनि उँहाको निवास रमपुरवाँ गाविसको महेशपुरमा समेत आक्रमण भएको थियो ।
२०७४ को निर्वाचन
नवलपरासी निर्वाचन क्षेत्र नं.२ बाट २०७४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा उमेदवारी दिई १० हजार मतान्तरले बिजयी बन्नु भएको थियो । नेता कण्डेल आफनो लोकिप्रियता र संगठनको आधारमा अधिक मत प्राप्त गर्दै आफनो निकटतम प्रतिद्वन्द्वी बाम गबठन्धनका उम्मदेवार एवं माओबादी केन्द्रको पोलिटब्युरो सदस्य घनश्याम यादवलाई १० हजार २ सय ३२ मतले पराजित गर्नुभएको थियो । नेता कँडेलले ३४ हजार १ सय ४३, घनश्याम यादव २३ हजार ८ सय ९८ र राजपा नेपालका उम्मदेवार गोविन्द चौधरीले १६ हजार ५ सय ५१ मत प्राप्त गर्नु भएको थियो।

नेता कण्डेल १२ औ महाधिवेशनमा जिल्ला सभापति ,१३ औ महाधिवेशनमा केन्द्रिय सदस्य र हाल १४ औ महाधिवेशनमा पुन केन्द्रिय सदस्य उम्मेदवारी दिएकोले सबै महाधिवेशन प्रतिनिधिले माया ममता सद्भाव सहित मतदान गरिदिन आग्रह समेत गर्नु भएको छ।
निकै संघर्षपुर्ण जीवन ब्यक्तित गरेका नेता कण्डेलले मेचिदेखि महाकालीका महाधिवेशन प्रतिनिधिहरुलाई सभापतिमा शेर बहादुर देउवा सहित पुरै प्यानल बिजयी बनाउन अनुरोध गर्नुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

