नन्दु यादव /मंसिर २६ नवलपरासी
जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतले ‘जनमत माटो यात्रा’ नवलपरासी पुगि पहिलाे चरणकाे यात्रा सम्पन्न गरेकाे जनमत पार्टी का केन्द्रीय सदस्य बिजि चाैधरीले जानकारी दिनु भएकाे छ ।पहिलाे चरण काे यात्रामा कपिलवस्तु ,रुपन्देही र नवलपरासी गरि ३जिल्लामा पहिलाे चरणकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।अब दाेस्राे चरणकाे यात्रामा मधेशमा रहेका अन्य जिल्लामा यात्रा सुरु गर्ने बताईएकाे छ ।नवलपरासी काे प्रतापपुर काे विभिन्न स्थान तथा सुस्ता गाउपालिकाकाे वडा न ५ठाडिघाटमा रहेकाे अनुमा घाटमा पुगि माटाे सन्कलन गरिएकाे बताईएकाे छ ।माटाे सन्कलन पछि रतनगन्जमा भएकाे काेणसभामा ,सत्रुधन यादव ,केन्द्रीय सदस्य बाल गाेबिन्द चाैधरी शारदा चाैधरी लगायतले बाेल्नु भएकाे हाे ।
विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित मायादेबी मन्दिरबाट माटो संकलन गर्दै डा.राउतले पश्चिम नवलपरासी मा ५दिन सम्म सबै स्थानिय निकायमा पुगि तेहाकाे माटाे सन्कलन गरिएकाे बताईएकाे छ।
जनमत माटो यात्राबाट हरेक स्थानियनिकायको केन्द्रमा पुगेर त्यहाको माटो संकलन गरिएकाे र संकलन गरिएको माटाले ‘मधेस एकता उद्दान’ निमार्ण गर्ने लक्ष्य रहेको केन्द्रीय सदस्य बिजि चाैधरीले बताउनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

