सुरेश यादव,नवलपरासी/ मंसिर २५ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ गडाैरीमा रहेकाे रामपुर खडाैना साना किसान कृषि सहकारी संस्था लिकाे आज २३ ओैं वार्षिक साधारणसभा श्री महेन्द्र जनता माध्यमिक विधालय गडाैरीकाे प्राङ्गणमा सम्पन्न भएकाे छ ।
रामपुर खडाैना बचत तथा ऋण सहकारी संस्थाकाे नामले वि.सं. २०५५ साल चैत २४ गतेकाे दिन डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भएकाे थियाे भने वि.सं. २०७२ साल पौष १ गते रामपुर खडाैना साना किसान कृषि सहकारी संस्था लि.काे नामले नाम परिवर्तन गरि आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएकाे संस्थाका व्यवस्थापक धिरेन्द्र चाैधरीले जानकारी दिनुभयाे । संस्थाका अध्यक्ष विनाचल चमारले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे भने वार्षिक कार्यक्रम तथा बजेट संस्थाका लेखा संयाेजक श्रीराम यादवले प्रस्तुत गर्नुभएको थियाे ।

रामपुर खडाैना साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष विनाचल चमारकाे अध्यक्षता तथा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा स्वागत मन्तव संस्थाका सञचालक समिति सदस्य चानबली यादवले राख्नुभएकाे थियाे ।

कार्यक्रममा सरावल गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष दिनेश सहानी , सरावल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कैलाश यादव ,साना किसान विकास बैंक बुटवलका अधिकृत निरन्जन सहानी , सरावल गाउँपालिका कृषि शाखा प्रमुख कुलदिप सिहं , प्रतापपुर गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष दिवाकर चाैधरी , बडहरा दुबाैलिया आय आर्जन तथा कृषि सहकारी संस्था लि.का अध्यक्ष विरेन्द्र कुमार यादव ,श्री महेन्द्र जनता माध्यमिक विधालय गडाैरीका अध्यक्ष रविन्द्र कहार लगाएतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक धिरेन्द्र चाैधरीले गर्नुभएकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

