ज्ञानेश्वर सहानी/ नवलपरासी/ २५ मंसिर ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १४ पर्ने अइचावलमा थारु आदिवासी तथा पिछडा समुदायको लागि ४ कोठा भवन शिलन्यासको भएको छ।
थारु आदिवासी तथा पिछडा समुदाय उत्थान केन्द्रका अध्यक्ष नैत्र प्रशाद चौधरीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथिमा भवन शिलन्यास कार्यक्रम सञ्चालन भएको छ ।
रामग्राम नगरपालिकाको १० लाखको पहिलो चरणको आर्थिक सहयोगमा भवनको शिलान्यास गरिएको छ।
नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले भवनको शिलान्यास गर्दै नगर विकासका लागि आफू दिन रात लागि पारेको बताउँदै हरेको समुदायको धर्म सांस्कृति संरक्षण गर्न स्थानिय सरकारको दायित्व भएको बताउनु भएको छ। हालको अवस्थामा सबै जनसमुदायलाई उत्थान गर्दै हाल थारु आदिवासी तथा पिछडा समुदाय उत्थान केन्द्रको लागि ४ कोठे भवन शिलन्यास गरीएको बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

