Rashtriya Dainik

विनोद चौधरीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको जारी १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। आफ्नो सपना समृद्ध नेपाल रहेको र यहि मिशनका लागि राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

‘मैले मेरा लागि जीवनमा देखेका अधिकांश सपना पूरा हुँदै आएका छन्’, उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘अब, मेरो बाँकी रहेको सपना भनेको नेपाललार्इ समृद्ध र स्वाभिमानी राष्ट्रका रुपमा चिनाउने हो।’

राष्ट्र निर्माणको आफ्नो सपनालाई पूरा गर्न सबैको सहयोग पाउनेमा आपूु विश्वस्त रहेको चौधरीले बताएका छन्। चौधरी नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिका संयोजक हुन्। उक्त समितिले पार्टीमा आबद्ध युवाहरुलाई उद्यमी बनाउन गरिखाने अभियान संचालन गरिरहेको छ।

उनी पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य समेत हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित