Rashtriya Dainik

कांग्रेस महाधिवेशनमा ओली–प्रचण्डकाे संवाद

काठमाण्डाै – नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एउटै मञ्चमा देखिनुभयाे । 

ओली–प्रचण्डबीच गएकाे पुसयता र ओली–नेपालबीच असार २३ यता भेट भएकाे थिएन तर कांग्रेसकाे महाधिवशेनमा लामाे समयपछि यी तीनै नेतालाई एउटै मञ्चमा देखियाे । याे महाधिवेशनले ओली–प्रचण्डबीच संवाद हुने र हाँसाे ठट्टाकाे अवसर पनि जुराइदियाे । 

नेपाल र दाहालले कांग्रेस उद्घाटन सत्रमा शुभकामना दिएपछि ओलीले शुभकामना दिने पालाे थियाे । तर ओलीले बाेल्दै गर्दा एक्कासी माइक बिग्रियाे । माइक बिग्रिएर उहाँ पाेडियमबाट आफू बसिरहेकाे ठाउँमा जाँदा प्रचण्डबीच संवाद र हाँसाे ठट्टाकाे अवसर जुरेकाे हाे । 

त्यस क्रममा कार्यक्रमबाट जानै लाग्नुभएका प्रचण्ड र ओलीबीच नमस्कार आदानप्रदानसम्म भयाे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने पहिले नै मञ्चबाट बिदा भइसक्नुभएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित