नवलपरासी , २३ मंसिर । स्वास्थ्य कार्यालय नवलपरासीका कार्यालय प्रमुख ओमप्रकाश पन्थीलाई एक कार्यक्रम बीच कार्यालयमा स्वागत गरिएको छ। नेपाल स्वास्थ्यकर्मी संघ नवलपरासीले स्वास्थ्य कार्यालय प्रमुखको जिम्मेवारी पाई आएका नव आगन्तुक कार्यालय प्रमुख पन्थीलाई आज कार्यालयमा स्वागत गरेको हो।
नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष बाबुराम तिमिल्सिना र केन्द्रिय सदस्य कृष्णहरि पौडेलको, जिल्ला उपाध्यक्ष बलराम कोइरी सहितको स्वास्थ्यकर्मीहरुले कार्यालय प्रमुख पन्थीलाई फुलमाला लगाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका हुन। स्वास्थ्य कार्यालय प्रमुख पन्थीले यो न्यानो स्वागत एव अभिवादन आफुलाई काम गर्ने थप उर्जा थपेको भन्दै आफ्नो कार्यकालमा स्वास्थ्य सेवालाई दुरुस्त र सहज बनाई अगाडि बढ्ने थप हौसला प्रदान गरेको जिकिर गर्नु भयो।
स्वागत गर्ने नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य कृष्णहरि पौडेल, जिल्ला अध्यक्ष बाबुराम तिमिल्सिना, जिल्ला उपाध्यक्ष बलराम कोइरी, जिल्ला सचिब मनिष अधिकारी, सरावल स्वास्थ्य शाखा प्रमुख ओमनारायण देवकोटा, रामजी घिमिरे, रामप्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

