महेश सिंह/ सिरहा लहान २१ मंसिर -सिरहाको किसानहरु धा न भितृयाउनमा बेस्त देखिएका छन्। तराईमा अधिकांश सिसानहरु ब्यस्त देखिएको छ्।सिरहामा ६०% प्रतिशत किसानले धान भित्रीयाई सकेको कृषि ज्ञान् केन्द्र सिरहाले जानकारी दिनु भयो।
किसान अगुवा सरोज कुमार यादवका अनुसार किसानहरु खेती पातीमा ब्यस्त देखिएको उनले बताए। किसानहरुले उत्पादन गरेका उपजको सहि मुल्य निर्धारण गर्न नपाउदा आफू निकै दुखी भएको ठहर गरेका हुन्।
अगुवा किसान यादवले जिल्ला समन्वय समिति सिरहाको उप प्रमुखको जिम्मेवारी समेत सम्हाल्दै आएका छन्। किसानहरुको हक अधिकारको लागी आफू तत्पर रहेको उनले बिचार व्यक्त गरेका छन्।
तराई मधेसका सम्पुर्ण जिल्लाका किसानहरुले दिन प्रतिदिन समस्याबाट ग्रसित हुँदै गरेको अवस्था रहेको छ्।नेपाल कृषि प्रधान देश भए पनि नेपालका किसानहरुको समस्या जौको तौ नै रहेको छ्।
किसानहरुले उत्पादन गरेका उपजहरु सहि बजारीकरण हुन् नपाउदा उनले दु:ख व्यक्त गरेका छन्। नेपाल सरकारले दिदै गरेको अनुदान बास्तबिक किसानले पाईरहेको अवस्था छैनन झोले किसानहरुको निकै फस्टाएको अवस्था रहेको छ्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

