Rashtriya Dainik

लक्ष्मीपुर पतारी गाउँपालीकामा प्रदेश सरकारको”बेटी बचाउ बेटी पढाउ अभियान,अन्तर्गत ३९ छात्राहरुलाई साइकल सहयोग

महेश सिंह सिरहा लहान १८ कार्तिक- सिरहाको लक्ष्मीपुरपतारी गाउँपालीका वडा ५ खरुकियाहीमा स्कुल पढ्ने ३९ छात्राहरुलाई साइकल बितरण गरेको छ।

नेपाल विद्यार्थी संघका निब्रर्तमान केन्द्रिय सदस्य तथा युवा नेता संजय कुमार यादवको विशेष पहलमा साईकल वितरण गरेका छन्।प्रदेश सरकारको”बेटी बचाउ बेटी पढाउ अभियान,अन्तर्गत ३९ छात्राहरुलाई साइकल बितरण गरेको हो।
नेता यादव बाल्यकाल देखि समाज सेवा गर्दै राजनीतिमा सक्रिय रहेका छन्।स्कुल बालबालिकाहरुलाई स्कुल जान आउन सहता प्रदान गर्न विद्यार्थीहरुलाई साईकल सहयोग गरेका छन्।

समाजमा गरीब दलित तथा बिपन्न समुदायका बालबालिकाहरुले गाउँकै स्कुलमा अध्यन गर्ने गरेका छन्।
उक्त विद्यार्थीहरुले साईकल पुउदाँ खुशी हुदै प्रदेश सरकार र युवा नेता संजय यादव धन्यवाद दिएका थिए।

विद्यार्थीहरु नेता यादवको चर्चा गर्दै उजस्तै नेताको समाजमा खाँचो रहेको विद्यार्थीहरुले प्रसंसा गरेका थिए।श्री माध्यमिक बिद्यालय लक्ष्मीपुर पतारी ५ खरुक्याहीमा करिब ७ बालबालिकाहरुले उक्त स्कुलमा अध्ययन रत रहेका छन्। गाउँपालिकाको प्रमुख प्रसास्किय अधिकृत सुमिन्त्रा लामाको उपस्थिति र सम्बन्धित वडाका अध्यक्ष धर्मेन्द्र यादवको रोहवरमामा साईकल वितरण गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित