ज्ञानेश्वर साहनी/ नवलपरासी/ १७ कात्तिक । जिल्ला प्रहरी कार्यालय नवलपरासीले पश्चिम नवलपरासीका सवै स्थानीय तहको प्रत्येक वडाहरुमा गुनासो पेटिका राख्ने अभियान सञ्चान गरेको छ ।

रामग्राम नगरपालिकामा बुधबार गुनासो पेटिका राखेर प्रहरीले यो अभियान सुरुवात गरेको हो।जिल्ला प्रहरी कार्यालयले राख्न लागेको गुनासो पेटिका जिल्लाका ७ स्थानीय तह र ७४ वडामा राखिने छ ।
गुनासो पेटिका राख्ने अभियानको सुरुवात गर्दै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले यस अभियानबाट प्रहरी मेरो साथी अभियान तथा जनताले प्रहरीसँग गरेको अपेक्षा र सुधार गर्नुपर्ने विषयलाई सहजीकरण गर्न सहयोग पुग्ने बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोज कुमार यादवले प्रहरी समक्ष पुगेर प्रत्यक्ष रुपमा आफ्ना समस्या राख्न धक, डर मान्ने सर्वसाधारणलाई गुनासो पेटिका सुझाव र उजुरी सुन्ने माध्यमका रुपमा रहने बताए ।
जनतासँग नजिक हुन प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गरेको स्मरण गराउँदै प्रहरी उपरीक्षक यादवले सामुदायिक प्रहरी साझेदारीको अवधारणलाई अझ बढी प्रभावकारी गराउन गुनासो पेटिकाले थप सहयोग विश्वास लिए ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निर्देशन अनुसार अभियान सञ्चालन गरिएको हो ।
गुनासो पेटिकामा आएका सुझाव र उजुरीलाई हरेक महिनामा खोलिने र त्यसलाई कार्यान्वयमा लगिने प्रतिबद्धता जनाए ।

त्यसरी आएका गुनासा र सुझावलाई सोझै जिल्ला प्रहरी प्रमुखदेखि प्रदेशहुँदै प्रधान कार्यालयमा पठाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

