Rashtriya Dainik

युवानेता भण्डारी एमालेकाे केदारस्यू गाउँकमिटी अध्यक्ष निर्वाचित

उत्तमकुमार थापा बझाङ

केदारस्यू गाउँपालीकाका जुझारु युवा नेकपा एमालेकाे केदारस्यू गाउँपालीका अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

विगत लामाे समय देखि नेकपा एमालेकाे राजनीति गर्दै केदारस्यू गाउँपालीका वडा नम्बर १ का अध्यक्ष सहित गाउँपालीका प्रवक्ता रहेका भण्डारी पछिल्लो चरणमा एमालेकाे केदारस्यू गाउँपालीका अध्यक्ष निर्वाचित हुनु भएको हाे ।

नेपाल कम्युनिस्ट पाटी नेकपा फुटेपछि माअाेवादी र एमाले अलगअलग भएको समयमा एमाले फुटेर समाजवादीले छुट्टै निर्णय लिएकाे यस घडीमा एमालेका युवा नेता लाेकेश भण्डारी भने एमालेकाे पिल्लर भएर गाउँपालीका हाक्ने हिक्मतका साथ अडिग रहेकाे स्राेतकाे भनाइ छ ।

केदारस्यू गाउँपालीकामा नेकपा एमालेले पछिल्लो समय ब्रजसाे बनाई रहेकाे उहाँको भनाइ छ । युवा नेता भण्डारीले पार्टीको निकै ठुलाे जिम्मेवारी लिनुभएकाे हाे । करिव २८/२९ बर्षका एमाले गाउँपालीका अध्यक्ष लाेकश भण्डारी निकै चर्चित युवा नेताकाे रुपमा चिनपरिचित रहनु भएकाे पाईन्छ । उहाँले गाउँपालीकाका दुरदराजका बस्तिहरुमा जनताको सेवा गरिरहेकाे पार्टीको भनाइ छ । युवाले नै देश परिवर्तन गर्न सक्ने भन्दै आफुले पार्टीको ठुलाे जिम्मेवारी प्राप्त गरेकाे भन्दै,सबैले एमालेलाई सहयाेग गर्न आग्रह गर्नुभएको छ । उहाँको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालीका कमिटी चएन गरिएको लाेकेश भण्डारीले बताउनु भएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित