Rashtriya Dainik

नेपाली काङ्ग्रेस सुनवल नगर कार्य समितिको आयोजनामा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

पुरन अधिकारी ,पश्चिम नवलपरासी

नेपाली काङ्ग्रेस सुनवल नगर कार्य समितिको अायोजनामा नगर भित्रका क्रियाशिल सदस्यहरु ,क्षेत्रिय प्रतिनिधि ,वडा कार्य समितिका पदाधिकारी एवं अायोजक नगर कार्य समिति का सदस्यहरुको सहभागितामा भेटघाट तथा चियापान कार्यक्रम पार्टी कार्यलय सुनवल १ मा सम्पन्न भएको छ।

चाडपर्वलाई लक्षित गर्दै एक अापसमा भाईचारा र सदभाव कायम राख्दै शुभकामना अादान -प्रदान गर्न कार्यक्रमको अायोजना गरिएको नगर सभापति सोम बहादुर रायमाझीले जानकारी दिनुभयो ।नगरभित्रका करिब तेईस सय क्रियाशिल सदस्यहलाई लक्षित गरि अायोजना गरिएको सो कार्यक्रममा सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापाको समेत उपस्थिति रहेको थियोे ।

नेपाली काङ्ग्रेसले विपि कोईरालाको समय देखिनै पार्टीलाई सङ्गठित र मजबुत पार्न एवं अावश्यक रणनीति अबलम्बनका लागि यस्तो भेटघाट र चियापानको कार्यक्रमको अायोजना गरेको ईतिहास समेत रहेको छ।।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित