बुटवल । आइतबार बिहानदेखि बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा परी ४ जनाको मृत्यु भएको छ । उनीहरु मध्ये ३ जनाको रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा लाँदै गर्दा बाटोमा मृत्यु भएको र एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।
झडपमा परी घाइते मध्ये मेडिकल कलेजमा १३ जना लगिएको थियो । जसमध्ये ४ जना सर्वसाधारणको मृत्यु भएको हो । अन्य १० जना घाइते हुनेमा ५ जना प्रहरी र ५ जना सर्वसाधारण रहेको उनले बताए । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत गुरुङले बताए ।
यता लुम्बिनी प्रादेशिक अस्पतालले झडपमा परी घाइते भएका ५० जना भन्दा बढीको उपचार भएको जनाएको छ । घाइते हुनेमा प्रहरीको संख्या बढी रहेको लुम्बिनी प्रादेशिक अस्पताल इमर्जिन्सी विभाग प्रमुख रामप्रसाद अर्यालले बताए । उनले भने ‘ अहिलेसम्म ५० जना घाइतेहरुको उपचार गरेका छौं । जसमध्ये १५ जना गम्भीर हुनुहुन्छ । घाइतेहरुको संख्या अझैपनि बढ्दो छ।’
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

