Rashtriya Dainik

मोतीपुर झडप अपडेट : ५० भन्दा बढी घाइते,१५ जना गम्भीर

बुटवल । आइतबार बिहानदेखि बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा ५० जना भन्दा बढी घाइते भएका छन् । औद्योगिक क्षेत्रको जग्गा ओगट्न उपस्थित भएका स्थानीय र प्रहरीबीच भएको झडपमा घाइते हुनेमा प्रहरीको संख्या बढी रहेको लुम्बिनी प्रादेशिक अस्पताल इमर्जिन्सी विभाग प्रमुख रामप्रसाद अर्यालले बताए । उनले भने ‘अहिलेसम्म ५० जना घाइतेहरुको उपचार गरेका छौं । जसमध्ये १५ जना गम्भीर हुनुहुन्छ ,३ जनालाई भैरहवा रिफर गरेका छौं । घाइतेहरुको संख्या अझैपनि बढ्दो छ।

औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयमा भएको दोहोरो झडपमा २ जना पत्रकार घाइते भएका छन् । झडपमा घाइते हुनेहरुको संख्या बढ्दो छ । घटना पश्चात् जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सो क्षेत्रमा कर्फ्यू जारी गरेको छ । घाइते सर्वसाधारणले आज जग्गा वितरण गरिने भन्ने सुनेर आएको बताएका छन्। उनीहरुलाई समितिले आज बोल-कबोलबाट जग्गा उपलब्ध गराउने भनेको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित