Rashtriya Dainik

बुटवलको मोतिपुर झडपः २५ प्रहरी घाइते

रुपन्देही / २४ असाेज

बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासीबिच झडप हुँदा २५ जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले दिएका जानकारी अनुसार २५ जना प्रहरी र ९ जना स्थानीय घाइते भएको बताए ।

‘अहिलेसम्म २५ जना प्रहरी घाइते भएका छन् ।’ प्रहरी प्रमुख केसीले भने ‘ ९ जना स्थानीय र शस्त्र प्रहरी पनि घाइते भएका छन् ।’ घाइतेहरुको पुरा विवरण अझै संकलन गर्न बाँकी रहेकाले घाइतेहरुको संख्या अझै बढ्न सक्ने बताए । अहिले पनि सो क्षेत्रको अवस्था तनावग्रस्त रहेको बताए ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेकाले अब पनि सो क्षेत्रमा स्थानीयले भिडभाड गरे फेरि गोली चलाउन सक्ने उनले संकेत गरे । ‘ जिल्ला प्रशासनले सो क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।’ उनले भने ‘अब पनि भिडभाड जारी रहे के गर्ने भनेर अहिले हामी छलफलमा रहेका छौँ ।’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित