Rashtriya Dainik

टिम नेपो सुदुरपस्चिम प्रदेश संयोजकमा अमृत बिष्ट र सचिव पारश खड्का नियुक्त

दोरेन्द्र खड्का / बझाङ
गैरनाफामुलक सामाजिक संस्था टिम नेपोको सुदुरपश्चिम संयोजक र सचीव नियुक्त नियुक्त गरिएको छ। लामो समयदेखि समाजिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको टिम नेपोको सुदुरपस्चिम संयोजकमा अमृत बिष्ट तथा सचिब पदमा पारस खड्का नियुक्त भएका हुन।

नेपाल जनस्वास्थ्य बिद्यार्थी संघका केन्द्रिय महासचिव समेत रहेका नव नियुक्त प्रदेश संयोजक बिष्टले टिम नेपोको पुस्तक परियोजना अन्तर्गत प्रदेश भरिमा जिल्ला कारागार पुस्तकालय स्थापना गर्ने र अन्य कार्यक्रममा पनि आफुले केन्द्र र जिल्ला समितीसङ्ग समन्वयकारी भुमिका निर्वाह गर्दै अगाडि बढ्ने बताए। संगठन बिस्तार र संगठन सुदृढीकरणमा पनि केन्द्रित रहने बिष्ट बताउछन। बिष्टले यस अघि टिम नेपो बैतडी जिल्ला संयोजक भएर काम गरिसकेका छन् । टिम नेपो बैतडीको जिल्ला संयोजक रहदा बिष्टले कोभिड-१९ महामारीका बापजुत राष्ट्रिय र अन्तरास्ट्रिय स्तरका थुप्रै कार्यक्रमहरु भर्चुअल माध्यमबाट आयोजना गर्नुका साथै स्थानीय स्तरमा पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउदै कार्यक्रमहरु गरेका थिए।
नब नियुक्त सचीव खड्का पनि समाजिक कार्यमा लामो समय देखि सकृय रहदै आएका छ। बझाङ स्थाइ घर भएका खड्काले टिम नेपोमा आबद्द सबै साथिहरुसङ्ग सहकार्य, समन्वय र सह-अस्थित्वको भावनाका साथ काम गर्ने बताए।

टिम नेपोले युवा नेतृत्व, स्वास्थ्य, शिक्षा र वातावरणिय सुरक्षालाइ मुख्यतया आफ्नो कार्यक्षेत्र बनाइ काम गर्दै आएको छ। केहि समय अगाडी टिम नेपोले “पुस्तक परियोजना” नामक देशब्यापी अभियान संचालनमा ल्याएको थियो। कारागारमा पुस्तकालय स्थापना गर्ने उदेश्य बोकेको उक्त परियोजना अनुसार अर्घाखाँची, स्याङ्जा, तनहुँ , चितवन र अछाममा कारागार पुस्तकालय स्थापना गरिसकेको छ भने अरु जिल्लामा पनि यसै बर्ष भित्र स्थापना गर्ने योजनामा छ।
टिम नेपोको केन्द्रिय तथा संस्थापक अध्यक्षमा डा. निगम पौडेल रहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित