वीरगञ्ज २४ असोज
वीरगञ्जबाट करिब २० किलोमिटर पश्चिम र उत्तरमा रहेको पर्सागढी नगरपालिकाको वडा नम्बर ५ वहुअर्वा जुमन चौकमा आजबाट तराई ज्वेलर्स सुन चाँदी पसल सञ्चालनमा आएको छ।
पर्सा गढी नगरपालिकाको वडा नंवर ५ का वडा अध्यक्ष असलम आलमले सोमबार एक कार्यक्रमका बीच विधिवत् रूपमा रिबन काटेर पसलको उद्घाटन गरेका छन्।
अब यो पसल सञ्चालनमा आएपछि पर्सा गढी नगरपालिका को स्थानीयहरूलाई अब वीरगञ्ज, जितपुर जानु पर्दैन यो पसल सञ्चालनमा आएपछि स्थानीयहरु हर्सित भएका छन्।
सो उद्घाटन समारोहमा कार्यक्रममा वडा सदस्य शिवमतिया देवी , शेख जुमन ,मन्दिरका मण्डल, हिरालाल राय भर ,सैनुलाह मियाँ ,ओकिल मियाँ लगायत स्थानीयहरूको उलेख्निय सहभागिता रहेको थियो।
तराई ज्वेलर्सका संचालक रोहित सोनलका अनुसार अब वीरगञ्ज , जितपुर जानु पर्दैन अब सुन चाँदीको सम्पुर्ण गर गहना हामी यहाँ बाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

