Rashtriya Dainik

भूमिहीनलाई चुनाव अगाडि लालपूर्जा दिन्छौं : प्रचण्ड

नवलपरासी /२३ असोज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहीन सुकुम्बासीहरुलाई चुनाव अगाडि लालपूर्जा वितरण गर्ने दाबी गरेका छन् ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूमि आयोग बनेको र आफ्नो दलले भूमि व्यवस्था मन्त्रालय लिएको बताए । उनले अघि भने, ‘हेर्नुहोला, चुनाव अगाडि लालपूर्जा वितरण गर्छौं ।’

ओली सरकारले बनाएको भूमि आयोग विघटन गरेर देउवा सरकारले नयाँ आयोग बनाएको छ । माओवादी केन्द्रको भागमा परेको भूमि व्यवस्था मन्त्रालयमा शशी श्रेष्ठ मन्त्री बनेकी छन् ।

कार्यक्रममा प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर पुर्‍याउने चेतावनी समेत दिएका छन् । आगोसँग खेलेका कारण बालुवाटारबाट बाटकोट पुगेको र प्रदेश सरकारहरु पनि गुमाएको भन्दै उनले भने, ‘२/४ दिनमा बाग्मती र १ नम्बर प्रदेशबाट पनि जानेछ ।’

उनले सत्तारुढ गठबन्धनमा फाटो ल्याउने प्रयास अब असफल भएको दाबी समेत गरेका छन् ।

नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता “दिपक “काे अध्यक्षता तथा पुर्व प्रधानमन्त्री एवं नेकपा माअाेवादी केन्द्र अध्यक्ष पुष्प कमल दहाल ” प्रचण्ड”काे प्रमुख अातिथ्यता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री मा.कुल प्रसाद केसीकाे विशिष्ट अातिथ्यता तथा माननिय सांसद , प्रदेशसभा सदस्य , नगर र पालिका प्रमुख ,पार्टीका प्रमुख तथा स्थानीयबासिकाे उपस्थितिमा पाल्हिनन्दन गाउँपालिकाकाे प्रशासनिक भवन समुदघाटन भएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित