Rashtriya Dainik

दशैंमा कृष्णनगरले मुर्ति स्थापना नगर्ने ,प्रशासन विरुद्ध शान्तिपुर्ण प्रदर्शन गर्ने निर्णय

कृष्णनगर , असाेज २३ । कृष्णनगरका हिन्दुधर्मावलम्बीले प्रहरीले हस्तक्षेप गर्याे भन्दै दशैंमा बर्षाैंदेखि स्थापना गर्दै आएकाे मुर्ति यसबर्ष नगर्ने निर्णय गरेका छन ।

बर्षाैदेखि दशैंमा दश दिनसम्म हिन्दुधर्मावालम्बीहरु दुर्गा पुजन र मुर्ति स्थापना गरि साउन्डबाजाका साथ हर्षाेउल्लास गरि मनाउदै आएकाे चांड यसबर्ष प्रशासनद्वारा लगाइएकाे नागरिकता ,ओैला छाप जस्ताे कागजी अवराेधले मुर्ति नै स्थापना नगर्ने निर्णय गरेका छन ।
विगतबर्षमा कृष्णनगरमा भएका घटनालाई अधार बनाई प्रशासनले दुर्गा पुजनका लागि बनाइएका समिति पदाधिकारीहरुकाे नागरिकता , ओैला छाप बांसकाे कागजमा लेखाइ सही छाप गराइ गर्न भनेपछि विवाद भएर यस बर्ष मुर्ति नै स्थापना नगर्ने सबैसमितिवाला ले सामुहिक निर्णय गरेका छन ।
प्रशासनले एकतर्फी निर्णय गरि हाम्राे धर्मलाई लक्षित कागजी प्रक्रिया गर्दा धार्मिक स्वतन्त्रतामाथि ठाडाे हस्ताक्षेप गरेकाे भन्दै शान्तिपूर्ण प्रदर्शन समेत गर्ने निर्णय भएकाे समितिका पदाधिकारीहरुले जनाएका छन । हाम्राे धर्मकाे संरक्षणमा अहिलेसम्म कुनै जनप्रतिनिधि , मानवअधिकार संघसंस्था अगाडि नआएकाले हामी शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेकाे समितिले जनाएकाे छ।
अघिल्लो बर्ष कुनै प्रकारकाे अप्रिय घटना नभएकाेले यसबर्षपनि शान्तिपूर्ण हुने दशैंमा प्रहरी प्रशासनकाे स्व:इच्छाचारी निर्णयले समाजमा झन द्वेष बढ्ने देखिन्छ जसले नगरपालिकामात्र नभई सम्पूर्ण हिन्दुधर्मावलम्बीमा प्रहरीप्रतिकाे विस्वास घटने कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बताउनुभयाे । पछिल्ला घटनालाई नै आधार मान्नुभन्दा कृष्णनगरलाई बदनाम गराउने तत्वहरुलाई पहिचान गरि शान्ति सुरक्षामा खटि समाजिक सुधार गर्ने याेजना ल्यांउदा बेस हुने नगरप्रमुख शाहकाे बुझाइ छ ।
साे सम्बन्धमा प्रहरी निरिक्षक सुकदेव पाैडेलले जिल्ला सुरक्षा समितिकाे निर्णय बामाेजिम हामी अगाडि बढ्ने र शान्ति सुरक्षाका निम्ति कागजी प्रक्रिया अगाडि बढाए कै कुरा स्विकार गर्नुभएकाे छ। । कृष्णनगर बजारमा भएका पुर्व घटना कै कारण समितिहरुसंग साे व्याेहाेरा माग गरिएकाे निरिक्षक पाैडेलले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित