दोस्रो खेल
बैतडी VS बझाङ विवाद र अपिल
-बझाङको लिब्रोको रोलिङ बल भनेर फल लिएको तर बैतडी टिमको सेम बल बारम्बार फल नलिएको ,
-बझाङको कुइक सट पट्टिमा लागेर फिनिस भएको तर त्यसलाई जाली टच भनेर २ पटक फल लगेको ,
-ह्यान्ड डाइब बल फल लगेको ( डाइब गर्दा भुइमा हात राखेर हातको माथि बल लागेर उठेको तर रेफ्रीले भुइमा लागेर उठेको भनेर फल लिएको )
यति सहदासहदै र निर्णायक लाई बारम्बार अपिल गर्दा पनि फेरी
-अन्तः मा बझाङको ओपन स्पाइकरले प्रहार गरेको बल नेट नजिकैको ( चेकरको ) हातमा सहित र थर्डलाईनको खेलाडीको स्पस्टै हात लागेर बाहिर गएको तर सो बल बझाङले प्रहार गरेको स्पाइक आउट गएको निर्णायक ले गलत निर्णय दिएको
यहि विषयमा छलफल गर्दैगर्दा खेलाडी कोड मै हुदाहुदै निर्णायक ले वाकओभर दिएर बैतडीलाई बिजयी घोषणा गरे
त्यसपछि न्यायको ढोका बन्द भएपछि खेलाडीको धैर्यता टुटेर थोरै प्रभावित भएको हो ।
मेन रेफ्री राज खड्का ले बारम्बार खेल विवादित गर्दै आउनु भएकोछ जो सातौ , आठौ राष्ट्रियको क्षेत्रीय प्रतियोतामा पनि विवादित बनाउनु भएको थियो ।

त्यसै गरी
पहिलो खेल
कन्चनपुर vs बझाङ विवाद र अपिल
-कन्चनपुर सङ खेल खेल्दा पनि निर्णायक ले बझाङको पैन्ट तल र कन्चनपुरको माथि गरे,
– त्यत्तिकै रोटेसन फल लगे , कन्चनपुरले प्रहार गरेको स्पाइक बल आउट भएको र सो बललाई साइड रेफ्रीले र लाइन रेफ्रीले आउट भन्दा भन्दै पनि मेन रेफ्रीले त्यस बललाई राइट दिएको लगाएतका विवादित खेलका बिच पनि बझाङले खेल विवादित नहोस भन्ने ढङले खेल खेलेको थियो । जस्को परिणाम प्रतिसपर्धात्मक ढङले कन्चनपुर बिजयी भयो ।
टाइसिटमा पनि कुनै छलफल सहमति र कुनै पनि जिल्लाका टिमकोच / प्रतिनिधि बिनै नितान्त विवादित टाइसिट तयार पारिएको थियो । अन्तः विवाद आइरहदा पनि प्रदेशले आयोजना गरेको प्रथम प्रतियोगिता हो सफल पारौ भनेर एकाएक सबै जिल्लाले बिना सर्तमा खेल्न बाध्य भएका थिए ।
डोटी vs अछाम पनि रोटेसनमा विवादित गरायर अछामको टिम पनि बाहिरीएको थियो । हामीले के भएको हो बिवाद किन छोडेको हो कोड भनेर सोध्दा बझाङका टिमकोच र खेलाडीहरुले बताएकोछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

