Rashtriya Dainik

एसपी यादवको अर्को अप्रेशनः १ पिकअप गाडी सहित २० लाख भन्दा बढीको रागा,भैंसी,खसी र मालसामान नियन्त्रण

संजय कुशवाहा / नवलपरासी २२ असोज

नवलपरासी पश्चिममा प्रहरी प्रमुख एसपी मनोज कुमार यादवले जिल्लामा आएदेखि अबैध काम गर्नेमाथि धमाधम एक्सन लिँदै आएका छन् । बेलाबेला भारतबाट नेपालतर्फ नेपालबाट भारततर्फ अबैध रुपमा आयातनिर्यात गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक हुँदै गएपछि एसपी यादवले जिल्लामा अवागमन भएपछि अवैध काम गर्नेमाथि कडा एक्सन लिएपछि शुक्रबार ठुलो परिमाणमा अवैध मालसामान,रागा,भैंसी र खसी बरामद भएको हो ।
पश्चिम नवलपरासीमा प्रहरीले तस्करीमा संलग्न १ पिकअप र पिकअप चालक सहित २० लाख २६ हजार मुल्य बराबरको अवैध मालसामान,रागा,भैंसी र खसी नियन्त्रणमा लिएको छ ।

प्रहरीले शुक्रबार अवैध भन्सार छली चोरी पैठारीमा संलग्न १ वटा पिकअप र पिकअप चालक सहित अंन्दाजी २० लाख २६ हजार ४ सय १० मुल्य बराबरको अवैध मालसामान, खसी,रागा र भैंसी जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । बिहान सत बजेको समयमा भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १५ लाख १० हजार मुल्य बराबरको खसी १७ जिउ, बागमती प्रदेश ०३-००१ च १२४६ नम्बरको पिकअप गाडी र पिकअप चालक समेतलाई प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरी टोलीले सुस्ता गाउँपालिका वडा न.२ कुडिया स्थितबाट बरामद गरेको हो ।

त्यसैगरी भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको पहेंलो तोरीको बीउ – ७४ प्याकेट अन्दाजी ८३ हजार २ सय ५० मुल्य बराबरको सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाँउपालिका वडा न. ७ बुलन्दपु स्थितबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेका थियो ।

त्यसैगरी भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको चिनि १ सय ५० किलो र नरिवल ४ किलो अन्दाजी १३ हजार १ सय ६० मुल्य बराबरको ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाँउपालिका वडा न. ३ कुस्मा स्थितबाट बरामद गरेको हो । उक्त सामान साईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखि सामान फाली मानिस साईकल सहित भागेका थियो ।

त्यसैगरी अवैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ पैदल ५ जिउरांगा,१ जिउ भैसी अन्दाजी ४ लाख २० हजार मुल्य बराबरको सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा न.७ बुलन्दपुर स्थितबाट बरामद गरेको हो । उक्त भैंसी तथा रांगा पैदल ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि भैसी र रांगा छाडी मानिस भागेका थिए ।
उक्त बरामद खसी, भैंसी तथा रांगा आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित