Rashtriya Dainik

राइजिंग लाइफ फाउंडेशनद्वारा स्वास्थ्य सामग्री र खानाको ब्यवस्था

प्रिन्स मिश्रा/ बहादुरगंज कपिलवस्तु ‌।

सेवा नै धर्म हो भन्ने मूल नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखाला संक्रमणकाे विषम परिस्थितिमा खाना , पानी , मास्क, फल लगायत अतिआवश्यक सामग्री बितरण गरिएको छ ।

झाडापखाला संक्रमणकाे विषम परिस्थितिमा शिवराज अस्पताल बहादुरगंजमा खाना , पानी लगायत अतिआवश्यक सामग्री कमी हुन नदिन उपचाररत बिरामीहरुको लागि स्थानीय राइजिंग लाइफ फाउंडेशन नामक संस्थाले सक्दाे सहयाेग पुर्याउदै आएको संस्थाका संयोजक प्रतिक शुक्लाले जानकारी दिनुभएको छ ।

आइतबार देखि झाडापखाला संक्रमणकाे विषम परिस्थिति फैलिए देखी हामी बिरामीहरुको सेवा गरीरहेका छौं र गरी रहने छौं संस्थाका अध्यक्ष राज तिवारी र कोषाध्यक्ष नवाज़ शाहले बताएका छन ।

संस्थाले , मास्क , खाना ,जीवन जल, पानी लगायतका सामाग्री बिरामीहरुलाई बितरण भईरहेको संस्थाका सचिव देबेश शुक्ल र सोही संस्थाका सल्लाहकार तथा सेंट ज्युडस एकेडमीका प्रधनाध्यपक तफ़्सीर अहमदले जानकारी दिनुभएको छ ।

आइतबारदेखि फैलिएको महामारीबाट दुई जनाको मृत्यु भएको छ , भने करिब ६० भन्दा बढी बिरामी शिवराज अस्पतालमा उपचाररत रहेको शिवराज अस्पतालका निमेसु डॉ मुकेश चौधरीले जानकारी दिनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित