नवलपरासी ,२० असोज
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले नेविसंघ विरुद्ध दिएको अभिब्यक्तिलाई लिएर नेबिसंघले आपत्ति जनाएको छ ।
दिब्यज्योति बहुमुखी क्याम्पसमा अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख बस्याले नेविसंघका विद्यार्थीहरु लर्खरिदै हिँड्ने, ट्याव खाएर हिँड्ने र गोली ठोक्ने गर्छन भन्ने अभिब्यक्ति दिएको भन्दै नेपाली काङ्ग्रेस र नेविसंघले आपति जनाएका छन ।
नगर प्रमुख शर्माले नेविसंघ विरुद्ध खराव अभिब्यक्ति दिएको प्रति आपत्ति जनाउँदै नेपाल विद्यार्थी संघ ईकाई समिति दिब्यज्योती बहुमुखी क्याम्पसले जारी गरेको विज्ञप्तीमा नगर प्रमुख शर्माले प्रयोग गरेको घृणित, अनैतिक र गैर जिम्मेवार अभिब्यक्ति प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

संघले आम जनता र विद्यार्थीको विचमा नगर प्रमुखले आफ्नो अभिब्यक्ति फिर्ता लिदै माफि माग्नुपर्ने माग समेत गरेको छ । त्यसो नगरिए नेपाल विद्यार्थी संघमा आवद्ध देशभरका विद्यार्थीहरु आन्दोलनमा उत्रिने र त्यबाट उत्पन्न हुने परिस्थितिको नगरपालिका जिम्मेवार हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । नेविसंघका विद्यार्थीहरुले बर्दघाट नगरपालिका अगाडि विरोध प्रदर्शन गर्दै नगर प्रमुख विरुद्ध चर्को नारावाजी समेत समेत गरेका थिए । विद्यार्थीहरुले नगरपालिकाका कर्मचारीलाई पनि कार्यालय परिसरबाट बाहिर निस्कन रोकेका थिए ।

नगर प्रमुख शर्माको अभिब्यक्तिलाई लिएर नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति पश्चिम नवलपरासी ,नेपाली कांग्रेस बर्दघाट नगर समितिले पनि विज्ञपति मार्फत आपत्ति जनाएको छ । नगर सभपति दामोदर जिसीले एक विज्ञप्ती जारी गर्दै नगर प्रमुखको अभिब्यक्ति प्रति खेद प्रकट गर्नुभएको हो । यस घटना बारे अबेर साझ नेपाली काग्रेस नगर सभापति जिसि र नगर प्रमुख बिच नगरपालिकामा छलफल समेत भएको बताइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

