उमेश बि.क / नवलपरासी ,२० असाेज
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अन्तर्गत विभिन्न टाेलमा कृषकहरुलाई निशुल्क बिउबिजन बितरण गरिएको छ।
सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजना तथा युनाइटेड मिसन टु नेपालकाे सहयोगमा रिकाेभ परियाेजना अन्तर्गत पाल्हिनन्दनका ४०० जना कृषकहरुलाई निशुल्क बिउबिजन बितरण गरिने लक्ष्य रहेको रिकाेभ परियाेजना संयाेजक सबिना रेग्मीले जानकारी दिनुभएको हाे।

बिउबिजन बितरण वडा नं. ४,५ र ६ का कृषकहरुलाई बन्दा गाेभि ,टमाटर ,धनिया ,केराउ , मुला,खुर्सानी ,साग लगायतका बिउबिजनहरु बितरण गरिएको र भाेलि वडा नम्बर १,२ र ३ मा वितरण गरिने परियाेजना संयाेजक रेग्मीले जानकारी दिनुभएको छ ।

संस्थाकी अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षतामा भएको बिउबिजन बितरण कार्यक्रममा उपाध्यक्ष देव कुमारी घिमिरे , सदस्य रितु तिवारी लगाएतकाे उपस्थिति रहेको थियाे।

संस्थाकी अध्यक्ष सपना अधिकारी थापाले किसानले आफ्नो लागि आवश्यक तरकारी आफै उत्पादन गरेर उपभोग गरुन भन्ने उद्देश्यका साथ बिउविजन वितरण गरिएको बताउनु भएको हाे । कृषकहरुको पहिचाननै कृषि भएकोले परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । गाँउ ठाँउ, जल जमिन प्राकृतिक साधन र श्रोतको अधिकरुपमा प्रयोग गरी, आय आर्जन बृद्धि गर्न सकिने भएकोले ब्यबसायीक कृषि तर्फ लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

