उमेश बि.क / नवलपरासी , २० असाेज
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुस्मामा व्यवसायिक तरकारी खेती तालिम सम्पन्न भएको छ।
युनाइटेड मिसन टु नेपालको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा असाेज १७ गतेदेखि १९ गतेसम्म प्रत्येक वडाबाट ३/४ जनाका दरले अगुवा कृषक छनोट गरी तालिम संचालन गरेको हो ।

कृषकहरुलाई व्यवसायिक बनाइ कृषि उत्पादनमा वृद्धि गराउने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको सुनवल सामुदायिक बिकास केन्द्रकाे रिकाेभ परियोजना संयाेजक सबिना रेग्मीले जानकारी दिनुभएको हाे।
३ दिन सम्म संचालित तालिममा पाल्हिनन्दन गाउँपालिका कृषिशाखा संयोजक पशुपति नाथ चाैधरी तथा कृषि शाखा सहसंयोजक विश्वनाथ यादवले सहजीकरण गर्नुभएको थियो ।

उक्त तालिम समापनको अवसरमा सुनवल सामुदायिक बिकास केन्द्रकि उपाध्यक्ष देव कुमारी घिमिरेले रसायनिक विषादिको प्रयोगलाई निरुत्साहित गर्दै जैविक उत्पादनमा ध्यान दिन विशेष जोड दिनु भयो । तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न सकेमात्रै त्यसले अर्थ राख्नेमा जोड दिदैँ कृषि पेशालाई सम्मानित पेशाका रुपमा अगाडि बढाउनुपर्ने बताउनु भयो ।

त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष गाेधन प्रसाद हरिजनले कृषकहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले वडा र गाउँपालिकाले उत्पादनमा आधारित अनुदानको शुरुवात गरेकोले अनुदानबाट लाभ लिन आग्रह गर्दै कृषकहरुले उत्पादन गर्ने अन्य कृषि उपजहरुमा समेत अनुदान विस्तार गर्दै लगिने बताउनु भयो ।

त्यसै गरी सहभागीहरुले यस्ता खालका तालिमहरुले कृषकहरुको सिप र क्षमता विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउदै आगामी दिनहरुमा पनि यस खालका तालिमहरु संचालन गरी कृषकहरुलाई सहभागी गराउन सकेमा व्यवसायिक उत्पादनमा अझ मद्धत पुग्ने बताउनु भएको थियो ।

२० जनाकाे सहभागीता रहेको तालिम समापनमा कार्यपालिका सदस्य भुजई प्रसाद हरिजन, वडा सदस्य जणावति लाेनिया,वडा नम्बर १ वडा सदस्य राज कुमारी काेहार लगाएतकाे उपस्थिति रहेको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

