काठमाडौँ : बलिउड अभिनेता सुशान्त सिंह राजपुतसँगै काई पो चे फिल्ममा अभिनय गरेका आसिफ बास्रा मृ’त फे’ला परेका छन् । ५३ वर्षीय आसिफ हिमाञ्चल प्रदेशको धर्मशालास्थित निजी कम्प्लेक्समा मृ’त फेला परेको बीबीसीले जनाएको छ । आसिफले आत्मह’त्या गरेको हुनसक्ने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । उनले काई पो चे, ब्ल्याक फ्राइडे, जब वी मेट, क्रिस–३, हिच्की, प्रजानीय वन्स अपन अ टाइम इन मुम्बई लगायतका चलचित्र तथा पाताल लोक सिरिजमा अभिनय गरेका छन् । १९९८ मा टेलिभिजन सिरियलबाट अभिनय यात्रा सुरु गरेका आसिफले हिन्दी, मलालम, गुजराती, तमिल भाषाका चलचित्रमा काम गरेका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।