प्रिन्स मिश्रा /कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकामा झाडापखाला फैलिएको छ ।कृष्णनगरको वडा नं.७,८,९ मा राति १२ बजे देखि बान्ता र झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको छ । शिवराज अस्पताल बहादुरगंजमा हिजो रातीदेखि उपचारकोलागि सयौँ बिरामीहरू आएका छन् र कृष्णनगर नगरपालिकाको बहादुरगंज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएका छन र हामी खटेर उपचार गर्दैछौं
शिवराज अस्पतालका मेसु डॉ मुकेश चौधरीले बताए ।

झाडा पखालाका कारण दुई जनाको ज्यान गएको छ भने सयौँ बिरामी शिवराज अस्पतालमा भर्ना समेत छन् । एकैपल्ट यतिधेरै मानिस बिरामी भएपछि महामारी फैलिएको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

