राष्ट्रिय दैनिक / नवलपरासी ,१९ असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ गडाैरीमा अवस्थित महेन्द्र जनता मा.वि मा विद्यालयले उत्तर पुस्तिका जलाएको भन्दै विद्यार्थी अान्दाेलित भएका छन।
विद्यालयमा रहेको नयाँ उत्तर पुस्तिका अाइतवार विद्यालयका प्र.अ र कार्यालय सहयोगीले उत्तर पुस्तिका जलाएको साेहि विद्यालयका विद्यार्थी अाराेप लगाएका छन ।

उत्तर पुस्तिका जलाएको अवस्थामा केही विद्यार्थी जलि रहेको उत्तर पुस्तिका निकालि प्र.अ संग साे सन्दर्भमा कुरा गर्दा पास हुनसित सराेकार राख भनेर गैर जिम्मेवार जवाफ दिइएका विद्यार्थीहरुले बताएका छन।
अाफुहरुले मेहनत साथ पढेर परीक्षा दिइएको र परीक्षा जस्तो संवेदनशील विषयमा शिक्षकहरुले विद्यार्थीमाथि खेलवाड गरेको भन्दै अान्दाेलित भएका हुन ।

अान्दाेलनरत विद्यार्थीहरु गडाैरीबाट हिनेर सरावल गाउँपालिका परिसरमा अाई नाराबाजी सहित प्र.अ लाई निस्कासन गर्नुपर्ने माग सहित पालिकामा ज्ञापनपत्र बुझाएका हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

