Rashtriya Dainik

शिक्षकहरु भगवान हो किन कि शिक्षकहरुले दिएको शिक्षाबाट उजयालो देखाउछ,अध्यक्ष- कुर्मी

राजन कुमार बानिया/पर्सा १९ असोज
सेवा निवृत शिक्षक बिदाई तथा सम्मान कार्यक्रम अाज पर्साको धोबिनी गाउँपालिकाको धोबिनीमा समपन भएको छ।
धोबिनी गाउँपालिकाले अायोजना गरेको सेवा निवृत शिक्षक तथा सम्मान कार्यक्रम लाई उदघाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले भने शिक्षक हरु भगवान हो किन कि शिक्षक हरुले दिएको शिक्षा बाट उजयालो देखाउछ ।
जस्को घरमा शिक्षा छैन त्यको घर अन्धकार रहेको छ त्यसको घरमा शिक्षा छ त्यको घरमा उज्यालो छ
बिधार्थी भाइ बहिनी हरुलाई शिक्षा दिएर भबिस्य लाई उज्यालो बनाउ ने शिक्षक हरुलाई भगवानको दार्जा दिनु भएको थियो। अध्यक्ष कुर्मीले भने अाफ्नो छोरा र छोरा बिच भेदभाव नगरि एक सम्मान बिधालय पठाउन अबिभावक हरुलाई अाग्रह समेत गर्नु भएको हो ।
अध्यक्ष कुर्मीले भने उच्च शिक्षाको लागि पठन पाठन गर्नको लागी छोरी हरुले टाडा जानू परिरहेको कारण धोबिनी गाउँपालिकाले अाफ्नै गाउँ ठाउँको माध्यमिक बिधालय हरुलाई पदउन्ती गरि उच्च माध्यमिक बिधालय बनाईएको बताए ।
अध्यक्ष कुर्मीले भने छोरी हरुलाई सानै उमेरमा बिबाह गर्दा सरकारले कानुनी अपराध मानेको कारण छोरी हरुलाई बीस वर्ष पछी र उच्च शिक्षा दिलाए गरेमा सहज हुने बताए ।छोरी हरुलाई दाइजो होईन शिक्षा दिलाउन अबिभावक हरुलाई अाग्रह समेत गरे।
मेरो पहिलो प्राथमिकता शिक्षा र स्वास्थय रहेको ले अाफ्नो गाउँपालिकामा तीन वटा माध्यमिक बिधालय लाई उच्च माध्यमिक बिधालयमा पदउन्ती गरिएको छ। शिक्षक कमी रहेको बिधालय हरुमा छिटैनै शिक्षक बहाली गरि शिक्षा लाई अझै प्रभावकारी बनाउने प्रतिबधता गर्नु भएका छन।
बिधालय हरुमा रहेको भवन भौतिक पुर्वधारको केही गाउँपालिकाले सहयोग गरेको छ । बिधालय हरुमा अपुग भवनको लागि संघिय र प्रदेश मान्त्रालयमा पहल गरि छिटो नै ब्यवस्थापन गरिने अध्यक्ष कुर्मी बताए ।
कार्यक्रमको अध्यक्ष्ाता नेपाल शिक्षक संघ धोबिनी गाउँपालिका अध्यक्ष आरिफ हुसेन अंसारीको अध्यक्ष्ातामा भएको कार्यक्रममा १५ जना सेवा निवृत शिक्षक र २ जना कार्यालय सहयोग हरुलाई बिदाई तथा सम्मान भएको थियो।
कार्यक्रममा बिदाई साथै सम्मानित हुने हरुमा श्री काली प्रसाद लाखे माबि बाट गोरख नाथ तिवारी , कमलेश चौरसिया,शिवलाल साह,जगदिश प्रसाद कुर्मी,अन्य बिधालय हरुबाट धुरुप साह कानु,धुरुप प्रसाद कुर्मी,अमरुलाह अालम,सुर्यनारायण महतो,जगदिश महतो,सुरेन्द्र पाण्डे,हरेन्द्र प्रसाद साह,अबदुलाह मियाँ ,रैसुल अाजम , लक्ष्मी प्रसाद कुर्मी ,सरजुग बैठा, सेवा निवृत शिक्षक रहेको थियो भने बिधालय हरुमा कार्यालय सहयोग सेवा निवृत अदालत कुर्मी र असोक साह कानु लाई गाउँपालिका अधयक्ष सुरेश प्रसाद कुर्मी ,ले बिदाई का साथै सम्मानित गर्नु भएको थियो।
कार्यक्रममा उपाध्यक्ष पारसनाथ प्रसाद पटेल , प्रमुख प्रसासकिय अधिकृत राजु साह, वडाअधयक्ष मनाउर मियाँ ,राज किसोर पटेल, ललन कुर्मी ,नेपाल शिक्षक संघ पर्सा अध्यक्ष प्रदिप जैसवाल,नेपाल शिक्षक संगठन का अधयक्ष शिवानाथ महतो थारु,संघिय शिक्षक फोर्म का अधयक्ष असोक साह,नेपाल शिक्षक महासंघ का पर्सा तिर्थराज यादव, कोषाध्यक्ष बिनोद गिरी , सदस्य कृष्ण मुरारी साह, श्री काली प्रसाद लाखे माबिका प्रधानाध्यापक मदन साह, शिक्षक गोबिन्द पटेल लयागत शिक्षक , अबिभावक ,छात्र,छात्रा लगायतको सहभागिता रहेको थियो।
कार्यक्रम संचालन शिक्षक सुनिल मुखियाले संचालन गरेको थियोे ।कार्यक्रममा बिधार्थी भाइ बहिनी हरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित