Rashtriya Dainik

नवलपरासीमा दुई पिकअप गाडी सहित १८ लाख भन्दा बढीको मालसामान तथा अवैध मुद्रा बरामद

संजय कुशवाहा /नवलपरासी १८ असोज

पश्चिम नवलपरासी प्रहरीले सोमबार अवैध भन्सार छली कारोवारमा संलग्न २ वटा पिकअप गाडी सहित भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारीमा गरी ल्याउदै गरेको १५ लाख १५ हजार २ सय ८५ रूपैयाँ मुल्य बराबरको अवैध मालसामान र श्रोत नखुलेको ३ लाख नेपाली रुपैयाँ जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।

बिहान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा न. ४ टि.सि.एन. चोक स्थितमा चेकजाँच गर्ने क्रममा लु २ च ५९३६ नम्बरको पिकअप गाडीमा भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी २ हजार गोटा कुखुराका चल्ला फेला परेकोले पिकअप गाडी र चालक समेतलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाईन कार्यालय महेशपुर बुझाईएको छ ।
बरामद कुखुराको अन्दाजी मुल्य २ लाख बराबर रहेको छ ।

त्यसैगरी बिहान भारतबाट अवैध रुपमा भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखेको १ सय पिस लेडिज कुर्ता सुरुवाल ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा न. ४ टि.सि.एन. चोक स्थितबाट बरामद गरेको छ ।
उक्त कपडाको अन्दाजी मुल्य २ लाख ५० हजार बराबर रहेको छ । बरामद कपडा आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुस्ता गाउँपालिका वडा न. ५ रतनगंज स्थितमा लु १ च ४६२८ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त पिकअप गाडीमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको ९ सय ६४ लिटर मोबिल आयल फेला परेकोले गाडी र चालक सहित बरामद गरेको छ । बरामद मोबिल आयलको अन्दाजी मुल्य ४ लाख ६० हजार ४ सय र पिकअप गाडीको अन्दाजी मुल्य ५ लाख गरी जम्मा ९ लाख ६० हजार ४ सय मुल्य बराबर रहेको छ । बरामद मोबिल आयल, पिकअप गाडी र चालक समेतलाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।

त्यसैगरी भारतबाट अबैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी १ लाख ४ हजार ८ सय ८५ मुल्य बराबरको घाँसको बिउ सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा न. १ बन्धास्थितबाट बरामद गरी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।

त्यसैगरी सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा न. ७ उजैनी स्थितमा शंकास्पद रुपमा हिडिरहेका २ जना भारतिय नागरिकलाई चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट श्रोत नखुलेको १ हजारका ३ सय थान ( ३ लाख नेपाली रुपैयाँ ) नोट फेला परेकोले निज दुवै जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित