नन्दु यादव/ असाेज १८,नवलपरासी
६६ औं प्रहरी दिवस २०७८” को पावन अवसरमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसुप) मा वृक्षा रोपण गरिएकाे छ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी काे प्रहरी प्रमुख एसपि मनाेजकुमार यादवद्वारा बृक्षाराेपण गरि कार्यक्रमलाई अगाडि बढाईएकाे छ ।बृक्षाराेपणमा नेपाल प्रहरी का अधिकृत दर्जा तथा अन्य दर्जाका प्रहरीहरुले पनि बृक्षाराेपण गरेकाे बताईएकाे छ ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी काे प्राङ्गणमा विभिन्न नामक बिरुवाहरु राेपिएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी ले जनाएकाे छ ।यसै गरि प्रहरी दिवसकै अवसरमा अामनागरिकलाई काेराेनाबाट बच्नकाे लागि जनचेतना जगाउने उदेश्य का साथ माक्स बितरण समेत गरिएकाे छ। एसपि यादवद्वारा माक्स बितरण गर्दै महामारी काेभिडबाट सबैले सुरक्षित रहन अाग्रह गर्नु भएकाे थियाे । साबुनपानीले हात धुने ,सेनिटाईजर प्रयाेग गर्ने र माक्स लगाउने जस्ता सुझाव यादवले दिनुभएकाे थियाे ।कार्यक्रम सेनियर प्रहरी देखि जवान सम्मकाे सहभागिता रहेकाे थियाे ।साथै अाज रक्तदान कार्यक्रम समेत गरिएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

