नन्दु यादव /पश्चिम नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिकामा जनतमत पार्टीकाे प्रथम अधिबेशन सम्पन्न भएकाे छ ।
स्थानीय समाजसेवी काेठारी गुप्ताकाे अध्यक्षता तथा जनमतपार्टिका केन्द्रीय सदस्य रामकेश गुप्ताकाे प्रमुख अतिथ्ता र जिल्ला उपाध्यक्ष शारदा कुमारी चाैधरीकाे बिशिस्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा जनमत पार्टिकि जिल्ला उपाध्यक्ष एवम बिशिस्ट अतिथि शारदा कुमारी चाैधरी ,शैलेश चाैधरी ,अशाेक चाैधरी ,राजेन्द्र राजभर र ईन्द्रजित राजभर लगायतले आ-आफ्नो मन्तब्य दिनु भएकाे थियाे ।
प्रथम अधिबेशन बाट कृष्ण कान्त चाैधरी को अध्यक्षतामा२३ सदस्यीय गाउं पालिका समिति सर्वसहमति बाट चयन गरिएकाे छ । जसकाे उपाध्यक्षमा मिरा गुप्ता सचिवमा मनाेज माली कोषाध्यक्षमा बैद्यनाथ काेईरी लगायत रहनु भएकाे छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

