Rashtriya Dainik

एसपि यादव नवलपरासीमा अाउदा तस्करहरुकाे भागाभाग

नन्दु यादव /असाेज १७ ,पश्चिम नवलपरासी

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा केही दिन अगाडि सुरुवा भई अाउनु भएका एसपि मनाेज कुमार यादव जिल्लाकाे प्रमुखकाे रुपमा कमान्ड समालेपछि जिल्लाका तस्करहरुकाे भागाभाग मच्चेकाे छ ।जिल्लाकाे सिमा नाकाबट भईरहेकाे अबैध चाेरि तस्करी नियन्त्रणमा सक्रियता देखायपछि अहिले तस्करहरु ले तस्करी गर्न पाएका छैनन ।अामनागरिक हरुलाई शान्ति सुरक्षा दिने र सिमा नाकाबाट हुने चाेरि पैठारी लाई नियन्त्रण गर्ने मेराे मुख्य लक्ष्य रहेकाे वहाले बताउनु भयाे ।नवलपरासी तस्करहरुकाे अखडा बन्दै गईरहदा तेसलाई नियन्त्रण गर्न प्रहरी प्रमुख लागि परेका छन ।वहाँ अाएकाे करिब ३महिनामा लगभग २कराेड ७५लाख बराबर राजस्व दाखिला भईसकेकाे छ ।अाफु सक्रिय का साथ अाफ्ना मातहतका सबै प्रहरी युनिटलाई तसकरी राेक्न कडा रुपमा निर्देशन दिदै अाएका छन ।यसै गरि अाज पनि ८लाख २०हजार बरावर काे ईलेक्ट्रानिक ,अाैषधि ,कपडा ,खाद्यान्न बस्तु लगायतकाे सामाान विभिन्न स्थानबाट नियन्त्रणमा लिई अावश्यक कार्वाहिका लाागि महेशपुर भन्सार कार्यालय पठाईएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का सुचना अधिकारी राजु लामा ले जानकारी दिनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित