कपिलवस्तु ,असाेज १७
कपिलवस्तु प्रहरीले स्राेत नखुलेकाे लगभग तेईस लाख नेपाली रुपैयाँ कृष्णनगरमा बरामद गरेकाे छ ।
दिउसाे २ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पाैडेकसहित काे टाेलीले वडा २ अवस्थित बसपार्कमा शंकास्पद कालाे झाेला देखिएपछि चेकजाँच गर्दा २२ लाख ९१ हजार ८ सय नेपाली रुपैयाँ बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।
स्राेत नखुलेकाे बुद्धभुमी नगरपालिका वडा नं. ९ धमौली बस्ने बर्ष २२ को जिवन प्रसाद भुषालले बाेकेकाे एक हजारकाे २० गड्डी, पांच सयकाे ६ गड्डि र एक सयकाे ३ नाेट सहित भुषाल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात राजश्व अनुसन्धान बिभाग बुटवलमा पठाउने प्रहरीले जानकारी गराएकाे छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

