Rashtriya Dainik

“उज्यालो सोचका युवा” पुरस्कार चाहना नेपालीलाइ

देवदह,१७ असोज, उज्यालो लाल्टिन प्रतिष्ठान देवदह रुपन्देहीले देवदह-१० की १८ बर्षीय युवती चाहना नेपाली लाइ “उज्यालो सोचका युवा” पुरस्कारबाट पुरस्कृत गरेको छ । संस्थाको पाचौ स्थापना दिवसको अवसरमा यसै वर्षबाट “उज्यालो सोचका युवा” नामक पुरस्कार देवदह क्षेत्र भित्रका एक जेहेन्दार र सामाजिक रुपान्तरणमा चिन्तन राख्ने क्रियाशील युवालाई प्रदान गरिने सस्थाका अधक्ष्य सागर कंडेल ले बताउनु भयो ।

जनप्रिय मा. बि . भलुही रुपन्देही बाट कक्षा १२ को परिक्षा दिएकी चाहना नेपाली घरकि एक्ली छोरी, सानै उमेर बाट घरको अभिभाबकत्व कुशल रुपमा निर्बाह गर्दै सामाजिक रुपान्तरणका लागि उज्यालो लाल्टिन प्रतिष्ठान एवं अन्य संघसस्थाहरु बाट आयोजित विभिन्न गतिविधिहरुमा स्वयमसेवक को रुपमा जोडिएकि युवा हुन् । समाज को रुपान्तरण को लागि आगामी दिनहरुमा पनि चाहनाको सक्रिय सहभागिता एवं नेतृत्व को अपेक्षा सहित उज्यालो लाल्टिन प्रतिष्ठान का सदस्यहरु को उपस्थितिमा नगद रु ५०००/- प्रोत्साहन पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक युबराज चापागाईंले बताउनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित