उमेश बि.क /राष्ट्रिय दैनिक , १४ असाेज
स्वास्थ्यकाे लागि खेलकुद , राष्ट्रिकाे लागि खेलकुद भन्ने मुल नाराकाे साथ पाल्हिनन्दन ३ बेलासपुरमा खुल्ला पुरुष कबड्डी प्रतियोगिताकाे उदघाटन समारोहलाई सम्बाेधन गर्दै सांसद देबेन्द्रराज कण्डेलले “खेलाडी भनेका राष्ट्रका गहना हुन” त्यसैले खेलाडी र खेल दुबैको सम्मान गर्नुपर्छ भन्ने कुरामा जाेड दिनुभएको थियाे। खेल क्षेत्र समृद्धिको लागि अति आवश्यक रहेको भन्दै, स्थानिय स्तरमा खेलाडीहरु उत्पादन गरि खेल क्षेत्रबाट देशलाई चिनाउने बताउनुभयो । खेल खेलाडीको अभिन्न अंग हो, यसलाई निरन्तरता दिन आग्रह गर्दै, खेलले अनुशासन हुन सहयोग पुर्याउने बताउनुभयो । खेलकुद मानव स्वास्थ्यकाे लागि लाभदायक रहेको बताउदै खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै जनसमुदायको दुख सुखमा हातेमालो गरि यश क्षेत्रकाे बिकासमा अाफु लागि परेकाे र हमेशा लागिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे।

पश्चिम नवलपरासीको पाल्हिनन्दन ३ बेलासपुरकाे कबड्डि खेलकुद समितिकाे अायाेजनामा अायाेजित कबड्डि खेलकुद समितिका अध्यक्ष माेहन गाेसाईकाे सभापतित्व तथा सांसद देबेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यतामा एक कार्यक्रम बिच बिहीबार खेलकुद उदघाटन गरिएको हाे।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल , नेपाली काङ्ग्रेसका नेता द्वय राधेश्याम पाठक ,गजानन्द पटेल ,नेपाली काङ्ग्रेस पाल्हिनन्दन सभापति हरिहर चाैहान , समाजसेवी उपेन्द्र गुप्ता ,युवा नेता तबरेज अालम ,युवा नेता ब्रम्हानन्द लाेहार लगाएतले खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपालिका र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएको थियाे ।

खुल्ला पुरुष कबड्डी प्रतियोगितामा प्रथम भएकालाई नगद पुरस्कार २५ हजार मेडल प्रमाणपत्र, दोस्रोहुनेलाई नगद १५ हजार मेडल प्रमाणपत्र , तेस्रो हुनेलाई १० हजार मेडल प्रमाणपत्र दिइने पत्रकार जितेन्द्र गुप्ताले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको छ।

खेलकुद सभ्यभब्य सन्चालनकाे लागि युवा नेता ब्रम्हानन्द लाेहारले अायाेजकलाई ८० हजार सहयोग गर्नुभएको पत्रकार गुप्ताले बताउनु भएको हाे। 
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

