वीरगंज बिहीबार
पर्सा प्रहरीले एसिड प्रहार गरि फरार रहेको मियाँलाई नियन्त्रणमा लिएको छ।
मिती २०७४ साल भदौ २० गते बिहान ६: २० बजेको समयमा सोही दिन वीरगंज महानगरपालिका वडा नम्बर ४ स्थित गणेशमान चोक स्थितमा रहेको सार्बजनिक सडकमा पिडित१५ बर्षका बालिका खातुन माथि एसिड प्रहार गरेको घटनामा संलग्न भई सोही दिन पक्राउ परेको प्रतिवादी जिल्ला रौतहट साबिक नरकटिया गाबिस वडा नम्बर २ वाट हाल बसाई सराई गरि वीरगंज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने वर्ष१७ का सम्साद मियाँको बिरुद्ध ज्यान मार्ने ऊधोग तथा तेजाब प्रयोग गरि अनुहार कुरुप पार्ने समबन्धि कसुरमा अनुसन्धान तथा अभियोजन भई सम्मानित पर्सा जिल्लाको अदालतको अादेशले मिती २०७६साल १२ महिना १२ गते देखि निजकको संरक्षणको जिम्मा लगाएको र मिती २०७७ फाल्गुन २६ गते सम्मानित पर्सा जिल्ला अदालतले बाकि कैद ५ महिना १६ दिनको लागि पुन ५ महिना १६ दिन राखि पुन भुक्तानी गर्ने गरि १ बर्ष कैद सजाय तोकेकोमा फैसला कार्यवन्ययन गर्ने सिलसिलामा फरार रहेका निज सम्साद मियाले प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर २ईद गाह चोकवाट संम्सादलाई पक्राउ गरेको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

