Rashtriya Dainik

घरेलु हिंसा न्युनिकरण गर्न मेलमिलाप तथा संवाद परियोजना संचालन

नवलपरासी , ११ असोज ।

घरेलु हिंसा न्युनिकरणका लागि मेलमिलाप तथा संवाद परियोजनाको प्रारम्भीक बैठक तथा परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ । युनाईटेड मिसन टु नेपालको आर्थिक सहयोग तथा सुनवल सामुदायिक विकास केन्द्रको आयोजना र पाल्हीनन्दन गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा परियोजना बारे वृहद छलफल गरिएको हो ।

सुनवल सामुदायिक विकास केन्द्रकि अध्यक्ष सपना अधिकारी थापाक्षेत्रीको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा परियोजनाको परिचय, उद्देश्य, कार्यक्षेत्र र परियोजनालाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा परियोजनाको उद्देश्य, अवधारणा र मोडालिटिका बारेमा संवाद परियोजना कार्यक्रम संयोजक कृष्ण पाण्डेले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा परियोजनाका विषयमा प्रतुत गरिएका विषयबस्तु माथि सहभागिहरुले सुझाव दिदै परियोजनाको प्रभावकारिताका लागि भरपुर सहयोग गर्ने बताए । कार्यक्रमा एससीडिसीकि अध्यक्ष सपना अधिकारी, युएमएन नवलपरासी कलस्टरकि लिडर सबु तामाङ्ग, गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ता, पालिकाको ६ वटै वडाका वडाअध्यक्षहरु, विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बैजु प्रसाद गुप्ताले यो परियोजा निकै महत्वपुर्ण रहेको यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन पालिका भरपुर सहयोग गर्ने बताउनु भयो । घरेलु हिंसा न्युनिकरणका लागि परियोजनाले मात्र भुमिका खेलेर हुदैन हामी सबै जनपंतिनिधि र स्थानियले आ–आफनो स्तरबाट समाजलाई सचेत गराउन भुमिका खेल्न आवश्यक रहेको अध्यक्ष गुप्ताले बताउनु भयो ।

कार्यक्रममा एससीडिसीकि अध्यक्ष सपना अधिकारी थापाक्षेत्रीले परियोजनाको उद्देश्य प्रताप्तीका लागि सबै सरोकारवालाहरुले साथ दिन आग्रह गर्दै घरेलु हिंसा न्युनिकरण गर्न जनताहरुलाई संवाद मार्फत सचेत गराउन सबैको अहम भुमिका रहने बताउनु भयो । यो परियोजना ३बर्षका लागि पाल्हीनन्दन गाउँपालिकाको १,२,३,४ वडामा संचालन रहेको युनाइटेड मिसन टु नेपालको टिम लिडर सब्बु तमाङले जानकारी दिनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित