Rashtriya Dainik

नेकपा एमाले नै देशकाे निकास दिन्छ:लुम्बिनी प्रदेश सदस्य अधिकारी

नन्दु यादव / असाेज ११नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा नम्बर -६ पुसाैलिमा अाज नेकपा एमालेकाे अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ । नेकपा एमाले वडा न ६का कमिटी अध्यक्ष ईसरायल हजाम नाउँकाे अध्यक्षता तथा जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य खिमलाल पाेख्रेलकाे प्रमुख अतिथतामा वडा कार्यकर्ता भेला सम्पन्न भएको नेकपा एमाले सरावल गाउपालिकाका सयाेजक सुरेश यादवले जानकारी दिनु भयाे ।

कार्यक्रम ,राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य गाेपिचन्द ,नेकपा एमाले पार्टि कार्यकर्ता सलिम राईन जिल्ला परिषद सदस्य पञ्चराम चाैधरी , सुखाडि प्रसाद चाैधरी,सरावल गाउपालिका नेकपा एमालेका सचिव देवराज चाैधरी सरावल गाउपालिका नेकपा एमालेका अध्यक्ष सुरेश यादव,रिगला यनदव, सरावल गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष कैलाश यादव ,वडा नम्बर -५ का वडा अध्यक्ष दिनेश सहानि मन्तव्य राख्नुभएको थियो

साे अवसरमा बाेल्दै प्रमुख अतिथि पाेख्रेलले नेकपा पार्टी ले देश बिकासमा सधै अग्रसर रहेकाे बताउनु भयाे साथै सगठनलाई मजबुत बनाउनु पर्ने कुरामा जाेडदिनु भयाे ।

तेसै गरि कार्यक्रममा बाेल्दै विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारीले देशकाे निकास एमाले ले मात्रै दिनसक्ने ठाेकुवा गर्नु भयाे।एमाले काे सरकार ढाल्न विभिन्न देशबिदेशका केही राजनितीक तत्व लागेकाेले सरकार ढलेकाेल अाराेप लगाउनु भयाे।अबकाे निर्वाचन मा गाउदेखि केन्द्र सम्म एमाले पार्टी ले नेतृत्व गर्ने कुरामा जाेडदिनु भयाे ।बिकास ,सामाजिक सुरक्षा भत्ता ,कर्मचारी काे परिश्रामिक लाई मध्यनजर गर्दै अगाडि बढने प्रतिबद्धता जनाउनु भयाे ।एमालेले अहिलेकाे निर्वाचन देशकाे पहिलाे पार्टी बनी पुरै नेपाली लाई सुखि नेपाली समृद्ध नेपाल बनाउने लक्ष्य रहेकाे वहाले बताउनु भयाे । कार्यक्रमलाई प्रदेश नम्बर -५ का राष्ट्रिय युवा संघका सह संयाेजक श्रीराम गाैडले सन्चालन गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित