सियारीमा वडा नम्बर ५ को प्रशासनिक भवन तथा सामुदायिक स्वास्थ्य इकाईको नव निर्मित भवन उदघाटन

तुलसी राम पौडेल /सियारी,कार्तिक २६
रुपन्देहीको सियारी गाउपालिकाको वडा नम्बर ५ कार्यालयको नव निर्मित प्रशासनिक भवन तथा सामुदायिक स्वास्थ्य इकाई भवनको बिहीबार उद्घाटन कार्यक्रम सम्पन्न भयो।सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले एक कार्यक्रमका बिच दुबै भवनको उद्घाटन गर्नुभयो।सो अवसरमा बोल्दै उहाले छिटै नै सियारी -४ मा १५ शैयाको अस्पतालको शिलान्यासको लागि गाउपालिकाले तयारी गरिरहेको बताउनु भयो।त्यस्तै गरि वडा नम्बर ६ वडा कार्यालयको वडा कार्यालय र स्वास्थ्य इकाई भवन निर्माणको क्रम जारी रहेको बताउनु भयो ।
यहि आर्थिक वर्षमा छिटै नै सियारी गाउपालिका वडा नम्बर १ र वडा नम्बर २ मा वर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकिको शिलान्यास गरि एक वर्ष भित्र नै भवन निर्माण सम्पन्न हुने गरि सियारी गाउपालिका तयारीमा जुटेको अध्यक्ष अयोध्याले बताउनु भयो ।
गाउपालिकाको नव निर्मित प्रशासनिक भवन एक हप्ता पछि उदघाटन गरिने र उक्त प्रशासनिका भवन अपाङ्गहरुको सहजको लागि लिफ्ट सहितको हुने गाउपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।
गाउपालिका प्रमुख प्रशासकिय अधिकृत मीन प्रसाद भट्टराईले नव निर्मित भवन स्थित जग्गा स्थानीय उमाकान्त ज्ञवालीको रहेको र उहाको कुनै पनि सन्तान नभएकोले स्थानीय समाज ,कालिका आमा समूह,बुद्धिजीवी एवं गाउपालिकाको संयुक्त प्रयासबाट

विभिन्न अवरोधलाइ चिर्दै उमाकान्त ज्ञवालिको नाममा रहेको १९ कट्ठा जग्गा गाउपालिकाको नाममा पार्न सफल भएको बताउनु भयो । वडा नम्बर कार्यालयको नव निर्मित वडा कार्यालय भवन ५० लाख ८५ हजार ९ रुपैयाँँमा र सामुदायिक स्वास्थ्य इकाइ भवन ३४ लाख १६ हजार ४५ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको बताउनु भयो ।गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेलले वडा कार्यालयको नव निर्मित प्रशासनिक भवनमा प्रविधिसहित सेवा सुचारु हुने बताउनु भयो ।

सियारी गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेलको अध्यक्षता, सियारी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईको विशिस्ट आतिथ्यता, वडा सदस्य एव कार्यपालिका सदस्य देवकी खरेलको स्वागत मन्तव्य ,वडा सचीव दिवाकर त्रिपाठिको संचालनमा सम्पन्न कार्यक्रममा सियारी गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष घिसन अहिर ,वडा नम्बर ४ का वडा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ ,वडा नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङ ,वडा सदस्य एव कार्यपालिका सदस्य बिष्णु रायमाझी ,शिक्षा संयोजक कृष्ण भुसाल ,टोल विकास सस्थाहरुको तर्फबाट समाजसेवी चन्द्रकान्त शर्मा ,महिलाहरुको तर्फबाट शुष्मा भण्डारी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot