प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेपाल राष्ट्रिय मा. वि. पटेर्वा सुगौली गाउँपालिका ४ नं. वडा पथरैयामा अध्ययनरत कक्षा-८ का ६ जना छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
यस अघि श्री नेपाल राष्ट्रिय मा. बि. निचुटामा ४४ थान,
नेपाल राष्ट्रिय मा. बि. सुगौलीमा ५१ थान, नेपाल राष्ट्रिय आ. बि. पटेर्वामा ८ थान, नेपाल राष्ट्रिय आ. बि. लक्षमिपुरमा १८ थान, नेपाल राष्ट्रिय आ. बि. बेलवामा १७ थान, नेपाल राष्ट्रिय मा. बि. रङ्गपुरमा ४६ थान गरि पटेर्वा सुगौली गापाको ७ बिधालयलाई १९० थान साइकल कक्षा ८ मा अध्यनरत छात्राहरुलाई वितरण गरिएको थियो ।
श्री जनता आधारभुत बिधालय पटेर्वा सुगौली गाउँपालिका ४ नं. पथरैयाको अध्यक्ष रामेश्वेर राउतको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालको जिल्ला अध्यक्ष रामनरेश यादव, प्रदेश सदस्य दिपक यादव, क्षेत्रिय अध्यक्ष नगेन्द्र यादव, युवा नेता शिव कुमार साह र पालिका शिक्षा प्रमुख सम्भु साह तेलिले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा जसपा नेपालको स्थानीय नेता रसिद मिया, नेपाल शिक्षक महासंघ पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष मोहन दास, प्र.अ. लक्षमी नारायण ओझैया, इलाका प्रहरी पथरैयाका प्रहरी सहायक निरीक्षक कृष्ण यादव, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

