उमेश बि.क / नवलपरासी , ६ असाेज
पश्चिम नवलपरासीको भुमहिमा २ दिने अपाङ्गता समावेशीकरण तथा पुनरस्थापना तालिम सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टरकाे अायाेजनामा नवलपरासी कलष्टर टिम लिडर सब्बु तमाङकाे संयाेजकत्वमा तालिम सम्पन्न भएको हाे।

तालिमकाे समापन समारोहलाई सम्बाेधन गर्दै कलष्टर टिम लिडर तमाङले तालिममा सहभागीहरुकाे सिकाई र अनुभव बुझि तालिमलले लिएको उद्देश्य पूरा भएको बताउनु भएको हाे। परियोजनाले मानव जीवन रुपान्तरण गर्ने काम गर्ने भएकोले यसप्रति सबैले समुदायमा अपांगता भएको ब्यक्तिलाई समान सहभागीता गराउदै समाज रुपान्तरणमा लाग्न सबै कर्मचारीलाई अनुरोध समेत गर्नुभएको हाे। याेजना सम्पन्न गर्नुमात्र नभएर स्थानीयकाे सहभागीता गराउदै समुदायकाे सबलिकरण गर्ने निर्देशन पनि दिनुभएको हाे। तालिमबाट सिकेकाे कुरा कार्वनयन गर्ने अनुरोध गर्दै सम्पुर्ण कर्मचारीले अाफ्नाे कार्यक्षेत्रका मुद्दालाई संस्थागत रुपमा र समुदाय स्तरमा अझ सशक्त रुपमा अगाडि बढाउन निर्देशन दिदै सबकाेलागि तालिम फलदायी भएको अाशा सहित प्रशिक्षक र सक्रिय सहभागीताकाे लागि सहभागीहरुलाई धन्यवाद दिनुभएको हाे ।

युनाइटेड मिसन टु नेपालकाे साझेदार संस्था सुनवल सामुदायिक बिकास केन्द्र र इन्द्रेणी सामाजिक बिकास मन्च मार्फत समुदाय विकासकाे कार्य गर्दा कसरी अपांगता समावेशीकरण गर्न सकिन्छ र समुदायका अपांगता समावेशीकरणका बाधाहरु (नितिगत ,भाैतिक र धारणगत) ब्यवस्थापन तथा कसरी हटाउन सकिन्छ ..? र काममा अपांगता समाबेशिकरणकाे कामलाई कसरी समावेशीकरण गर्न सकिन्छ भनी युनाइटेड मिसन टु नेपाल थापाथलीका अपांगता समावेशीकरण विज्ञ वीर नेपालि र फिजियाे थेरापिस्ट प्रेम देवकोटाबाट सहजिकरण प्रदान गरिएको युनाइटेड मिसन टु नेपालको स्वास्थ्य परियोजना ब्यवस्थापक इश्वर के.सिले जानकारी दिनुभएको हाे।

तालिममा युनाइटेड मिसन टु नेपालकाे साझेदार संस्था सुनवल सामुदायिक बिकास केन्द्र र इन्द्रेणी सामाजिक बिकास मन्चका कर्मचारीहरुकाे सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

