Rashtriya Dainik

टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

असोज, ७, काठमाडौं !
यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ । आज नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको आयोजनामा उक्त पुरस्कार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गर्नुभयो ।

पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री देउवाले सरकारी टेलिभिजनले समावेशी नीति अनुसार राज्यका सबै अनुहारको प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कपिलवस्तु संवाददाता बर्मालाइ रु ५१ हजारको राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा सूचना तथा संचार प्रबिधी मन्त्रालयका सचिव डाक्टर बैकुण्ठ अर्यालले सुचना प्रवाहमा छरितोपना आउनुपर्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष दिपक जङ्ग हमालले आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न सञ्चार क्षेत्र जिम्मेवार हुनुपर्ने भन्दै पत्रकारलाई सुरक्षित वातावरणमा पत्रकारिता गर्न व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । यस्तै बरिस्ठ समाचार सम्पादक शालिक सुबेदीले लोकतन्त्रको स्थायित्वका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रोसन पुरि, दिपक समीर आचार्य लगायतले पत्रकार पेशा जोखिमपूर्ण भएकाले राज्यले पत्रकारको सेवासुविधा बढाउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाहरुले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन पनि पत्रकारले आफ्नो ज्यानको प्रवाह नगरी काम गरेको उल्लेख गर्दै पत्रकारलाई राज्यले उच्च मूल्यांकन गर्नुपर्ने धारणा राख्नुभयो ।

विसं २०६३ असोज ७ गते समाचार संकलनका क्रममा ताप्लेजुङ्गको घुन्सामा हवाई दुर्घटनामा नेपाल टेलिभिजनका हेम भण्डारी र सुनिल सिंहको निधन भएको स्मृतिमा हरेक वर्ष महासंघ टेलिभिजन प्रतिष्ठान शाखाले पुरस्कार प्रदान गर्दै आएको छ ।

उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, उनकी धर्मपत्नी मीना राई तथा संरक्षणविद् हर्क राईसहित २४ जनाको निधन भएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित