Rashtriya Dainik

प्रहरीले ६० लाखको अवैध सामान सहित ट्रक बरामद

वीरगंज ७ असोज
जिल्ला प्रहरी कार्यालय पर्साले ६० लाखको अवैध सामान सहित ट्रक नियन्त्रणमा लियो

प्रहरीले बिशेष सुचनाको आधारमा भन्सार छली गरी बिना बिल विजकको मेडिकल तथा खुद्रा सामनहरु बोकेको एक गाडी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिगएको प्रहरी टोलीले बीरगंज ८ स्थित रहेको लालबंगाला अगाडी सडक हुँदै जाँदै गरेको बिशेष चेकजाचको क्रममा ना २ ख ९७३७ नम्बरको गाडीले अन्दाजी करिव ६० लाख मुल्य बराबरको भन्सार छली बिना बिल बिजकको मेडिकल तथा अबैध खुद्रा सामानहरु सहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका ट्रक चालक वीरगंज महानगरपालिका वडा नम्वर १४ बस्ने बर्ष ४२ को प्रमानन्द प्रसाद कुर्मी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी राजश्व अनुसंधान कार्यालय पथलैया बारामा बुझाईएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित