नन्दु यादव /असाेज ६ ,पश्चिम नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे पाल्हिनन्दन गाउपालिका वडा न ५बस्ने युवा समाजसेवी रामबहादुर कुर्मी ले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयाेग गर्नु भएकाे छ। खास गरि बिद्यालय जान पुर्ण रुप ले छोडी सकेका अति बिपन्न १० जना बिद्यार्थी हरुलाइ किताब कापीकलम ड्रेस लगायत का सामाग्री सहयाेग गरेकाे बताईएकाे छ ।
सब भन्दा पहिले देश बिकास वा समृद्ध बनाउन शिक्षित ब्यक्ति काे अावश्यकता रहेकाेले अबकाे पिढि काेहि पनि शिक्षाबाट बन्चित नहाेस उदेश्य ले अाफुले सहयाेग गरेकाे वहाले बताउनु भयाे।बिगतकाे समयमा पनि विभिन्न क्षेत्रमा सहयाेग गर्दै अाएकाे र अाउने दिनमा पनि अावश्यक पर्ने क्षेत्रमा सहयाेग गर्न अाफु प्रतिबद्ध रहेकाे वहाले बताउनु भयाे । समाजसेवी संस्था सिसवाकाे अायाेजनामा भएकाे कार्यक्रम सस्थाका का अध्यक्ष अमरमणि गुप्ता लगायतकाे सहभागी रहेकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

