महेश यादव ,नवलपरासी / ४ असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) सरावल गाउँ समिति नवलपरासी द्वारा सरावलमा ज्ञापनपत्र बुझाएको छ । ११ बुदे माग राख्दै तुरुन्त कार्यान्वयन गर्नका लागि समितिका संयाेजक साेना चाैधरिकाे नेतृत्वमा महिलाहरुले ज्ञापनपत्र बुझाएका छन ।

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरिकाे अनुपस्थितिमा उपाध्यक्ष उत्तमा रायलाई ज्ञापनपत्र बुझाउदै महिलाहरुले ११ बुदे माग तुरुन्त कार्यान्वयन गर्ने माग समेत गरेको थिए । साथै महिलाहरुले ज्ञापनपत्र बुझाउदै निम्नलिखित मागहरु तुरुन्त कार्यान्वयन गर्न माग गरेका हुन ।
१- स्वस्थ्य समस्य ( अस्पताल ,स्वास्थ चाैकि ) र शिक्षण संस्था ( विद्यालय ) काे वरपर निश्चित दुरिसंम धुम्रपान,मध्यपान,जुवातास निशेधित गरियाेस ।
२- माध्यमिक तहसम्म किशोरी मैत्री बाताबरण बनाउन किशोरीहरुलाई अराम कक्ष शाैचालयकाे ब्यवस्था सेनेटरि प्याडकाे सहज ब्यवस्था गरियोस् ।
३-सरावल गाउँपालिका भित्र रहेको माध्यमिक विद्यालयमा एक-एक जना स्टाफ नर्सकाे ब्यवस्था गरियोस् ।
४-अामाकाे नामबाट नागरिकता प्राप्त गर्ने सहज बाताबरण निर्माण गरियोस् ।
५-छाेरा सरह छाेरिलाई पैत्रिक सम्पतिमा समान अधिकारकाे ब्यवस्था लागू गरियोस् ।
६-लैङ्गकि उत्तरदायी बजेट १० प्रतिशतकाे व्यवस्था गरि जनचेतना ,तालिम ,सीप सिकाई अादिमा प्रयोग गरियोस् ।
७- सरावल गाउँपालिकालाई महिला हिंसा मुक्त पालिका घाेषणा गरियोस् ।

८- प्रत्येक स्थानीय तहमा अल्पकालीन सुरक्षित गृह ( सेफ हाउस ) काे व्यवस्था गरियोस् ।
९-सबै गर्भवती महिलाहरुलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था मिलाईयाेसे् ।
१०- हिंसा पिडित महिलाहरुकाे लागि न्यायिक समिति मार्फत तत्काल न्याय दिने व्यवस्था मिलाईयाेस् ।
११- छाेरिका लागि जन्मेपछि बैंक खाताकाे व्यवस्था र माध्यमिक शिक्षा सम्म निशुल्क शिक्षाको व्यवस्था मिलाईयाेस् ।
लगाएतकाे ११ बुदे माग तत्काल कार्यान्वयन गर्न माग गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

