Rashtriya Dainik

विश्वकर्मा पुजाको पावन अवसरमा पुरूष भलिवल प्रतियोगिता सुरु

संजय कुशवाहा / नवलपरासी ३० भदौ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड न.७ गुठी सुर्यपुरामा विश्वकर्मा पुजाको पावन अवसरमा वडा अध्यक्ष कप पुरूष भलिवल प्रतियोगिता बुधबारबाट शुरू भएको छ । सुर्यपुरा युवा परिवारको आयोजनामा भएको सो प्रतियोगिता गुठी सुर्यपुराम सुरु भएको हो । प्रतियोगिताको एक समारोह बिच नेपाली कंग्रेसका जिल्ला उपसभापति अर्जुन पोखरेल उद्दघाटन गर्नु भएको थियो ।

खेलको उदघाटन क्रममा उपसभापति पोखरेलले खेलकुदको विकासमा युवाहरूको महत्त्वपूर्ण हुने बताउदै शारीरिक ,मानसिक ,समाजिक र संस्कृति सदभावको लगि विकास गर्छ । खेलको महत्त्व धेरै उच्च रहेकाले खेललाई सफल पार्न नियम अनुसारको पालना गरि खेल वडा स्तरीय मात्र होईन अन्तर्राष्ट्रियस्तरका खेलाडी बन्नुस भन्ने शुभकामना दिए ।


प्रतियोगितामा बिजयी टिमलाई २५ हजार नगद सहित कप,मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने उपबिजेता लाई १५ हजार नगद सहित कप,मेडल र प्रमाण पत्र सहित प्रदान गरिनेछ भने तृतीयलाई १० हजार नगद सहित कप,मेडल र प्रमाण पत्र सहित प्रदान गर्ने छन । प्रतियोगितामा २२ टिमको सहभागीता रहेको आयोजनाले बताएको छ । प्रतियोगिता भदौ ३० गतेदेखि असोज २ गतेसम्म संचालन रहनेछ ।

प्रतियोगिताको उद्दघाटन समारोह कार्यक्रममा विशेष अतिथि संविधान सभा सदस्य देवकरण कलवार ( सन्तु )ले
यस क्षेत्रको डुबानको समेस्या ,नागरिकताको समेस्या ,किसानका लागि मलको समेस्या र गण्डक नहरको समेस्या हामी सबै मिलेर समाधान गर्ने छौं र युवाहरूलाई खेल प्रति प्रोत्साहन समेत दिदै । यश क्षेत्र विकास निर्माणका लागि आफू सदैव अगाडि रहान बिचार राखनु भयो । यस क्षेत्रका आर्थिक,सामाजिक ,शैक्षिक ,बिकासका लागि गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

वडा .७ का वडा अध्यक्ष हरेन्द्र यादवको अध्यक्षतामा भएको सो पुरूष भलिबल प्रतियोगिता कार्यक्रममा प्रतापपुर गाउँपालिका कार्वाहक अध्यक्ष अन्जु कुमारी चौधरी ,वडा न.९ का वडा अध्यक्ष हेमेन्द्र पजियार , जिल्ला शिक्षक संघका सचिव वृजराज कुशवाहा ,गण्डक नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता ,नेपाली कंग्रेसका युवा नेता उमेश चन्द्र यादव ,मुकुल अचार्य , चन्द्र ढकाल , लाल बहादुर गुरूङ ,वेद प्रसाद शर्मा , ब्यासमुनि कुशवाहा ,सुरेन्द्र चौधरी लगाएको उपस्थित रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित