उमेश बि.क / नवलपरासी , २९ भाद्र
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मगरमुडहामा सांस्कृतिक तथा बाल विवाह सम्बन्धि मन्चिय कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय बाल दिवसको अवसरमा दिब्य बालक्लबकाे अायाेजनामा बाल कल्बकि अध्यक्ष सबनम चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले बालबालिकाले स्वयमलाई समाजको एक अभिन्न अङ्ग मानी समाज विकासका विभिन्न चरणहरूमा खास गरेर बालबालिकासँग सम्बन्धित विषयहरूमा सहभागी हुन आग्रह गर्नुभयो ।
बालबालिकाको बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने तथा आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरुको समिश्रण रुप बाल अधिकार भएको उहाँले बताउनु भयो । अधिकारसँगै कर्तव्य र जिम्मेवारी संगै अगाडि बढाउनु पर्ने बताउदै बाल अधिकार महासन्धी, ऐतिहासिक पृष्ठभूमि, संवैधानिक र कानुनी व्यवस्था, बालविवाहका कारण, असर र न्यूनीकरणमा बालबालिकाको भूमिकाबारे चर्चा गर्नुभएकाे थियो । सरावल गाउँपालिका बालमैत्रि गाउँपालिका घाेषणा गर्न विभिन्न कार्यक्रमहरु भइरहेको बताउदै पालिकाबाट बालबालिकाकाे लागि चाहिने सहयोग साथ हमेशा दिई रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।

कार्यक्रममा समाजसेवी बिनाेद कुमार पाण्डेय, राष्ट्रिय दैनिककाे कार्यकारी निर्देशक एवम् बालअधिकारकर्मि उमेश बि.क , सरावल खेलकुद संस्था अध्यक्ष महेन्द्र चाैधरी, स्वयंसेविका सीता शर्मा लगाएतले बालबालिकाले गरेको कामकाे प्रशंसा ब्यक्त गर्दै बाल अधिकारकाे बारेमा अाफ्नाे धारणा राखेका थिए ।

कार्यक्रममा बालबालिकाहरुकाे सांस्कृतिक प्रस्तुति संगै बालविवाह सम्बन्धि नाटक प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

