वीरगंज २४ बिहिबार
सशस्त्र प्रहरी बल बिअोपी भन्सारले सशस्त्र प्रहरी बल हेडक्वाटरको निर्देशन विपरीत घुमुवा परिचालन गरि तस्करहरु संग मोटो रकम असुली गरि तस्करीको लाईन दिएको समाचार प्राप्त भएको छ।
सशस्त्र प्रहरी बल बिअोपी भन्सारका प्रमुख स्वर्ण बमले अाफ्नो मातहत रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक थापा र बरिस्ठ हवल्दार बिगु राई द्वय मार्फत रकम असुली गरि तस्करीको लाईन दिएको हुन् ।
विगत केही दिन पहिला तस्करहरु संग मोटो रकम असुली गरि तस्करी लाईन दिएको विभिन्न संचार माध्यमहरुमा समाचार प्रसारण भई पछि सशस्त्र प्रहरी बिअोपी भन्सारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक स्वर्ण बमलाई सशस्त्र प्रहरी बल २ बाहिनी केही दिनको लागि तानिएका थिए ।
सशस्त्र प्रहरी बल २ प्रदेश प्रमुख एवम सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमले वीरगंज भन्सारको नाकामा कडा भन्दा कडा कडाई गरि तस्करीको लाईन बन्द गर्ने निर्देशन दिए पछि अाफु बच्नको लागि अाफ्नो मातहत रहेका असई र हवल्दार परिचालन गरि तस्करीको लाईन दिएको नाम नछाप्रने सर्तमा एक सिपाहीले जनाएका छन् ।
अहिले सशस्त्र प्रहरी बल भन्सारको सहयोगले नुन देखि सुन सम्मको तस्करी भईरहेको फोटो र भिडियो लिएको पत्रकार संतोष यादबको तस्करसमुहरुले घर समेत घेराऊ गरेका थिए।
यस्ले प्रमाणित हुन्छ कि वीरगंज भन्सार नाकावाट व्यापक रुपमा सशस्त्र प्रहरीको मिलोमतोमा भईरहेको छ ।यश गतिविधि यर्फ सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

